images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • एनसीएमटी कर्पोरेट फुटसल प्रतियोगिता को उपाधि...

एनसीएमटी कर्पोरेट फुटसल प्रतियोगिता को उपाधि जाकिपोइन्ट हेल्थलाई

एनसीएमटी कर्पोरेट फुटसल प्रतियोगिता को उपाधि जाकिपोइन्ट हेल्थलाई

images
images
सोमवार, भाद्र २२ २०८३
सोमवार, भाद्र २२ २०८३
  • काठमाडौं । एनसीएमटी कलेजको आयोजनामा पहिलो पटक सञ्चालन भएको एनसीएमटी कर्पोरेट फुटसल प्रतियोगिता को उपाधि जाकिपोइन्ट हेल्थ ले जितेको छ। चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न कर्पोरेट तथा संस्थाबाट २३ टोली सहभागी भएका थिए।
    भदौ १८ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा सहभागी टोलीलाई सात समूहमा विभाजन गरी समूह चरणबाट प्रतियोगिता सुरु गरिएको थियो। पहिलो र दोस्रो दिन समूह चरणका खेलहरू सञ्चालन भएका थिए भने तेस्रो दिन समूह चरणका बाँकी खेलसँगै राउन्ड अफ १६ र क्वार्टरफाइनलका खेल सम्पन्न भएका थिए। अन्तिम दिन सेमिफाइनल, तेस्रो स्थान र फाइनलका खेल सञ्चालन गरिएको थियो।

    images
    images

    NCMT-1.jpg

    पहिलो सेमिफाइनलमा नेको इन्स्युरेन्स लिमिटेड (बी) र हिमालयन एभरेस्ट इन्स्युरेन्स लिमिटेड बीच भएको खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा हिमालयन एभरेस्ट इन्स्युरेन्स लिमिटेड विजयी हुँदै फाइनलमा प्रवेश गरेको थियो।
    दोस्रो सेमिफाइनलमा नेपाल नागरिक उड्डयन प्राधिकरण र जाकिरपोइन्ट हेल्थ बीच भएको खेलमा जाकिपोइन्ट हेल्थ ले ३–२ गोलको जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।

    images
    images
    NCMT-1.jpg
    undefined

    तेस्रो स्थानका लागि भएको खेलमा नेको इन्स्युरेन्स लिमिटेड (बी) ले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो।
    फाइनलमा हिमालयन एभरेस्ट इन्स्युरेन्स लिमिटेड र जाकिपोइन्ट हेल्थ आमनेसामने भएका थिए। रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलमा जाकिपोइन्ट हेल्थ ले ४–३ गोलको जित निकाल्दै एनसीएमटी कर्पोरेट फुटसल टूर्नामेंट को पहिलो कोम्पियन बनेको हो। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड उपविजेता बनेको छ।

    प्रतियोगितामा कुल १ लाख ७५ हजार रुपैयाँ पुरस्कार राशि राखिएको थियो। विजेता जाकिपोइन्ट हेल्थ ले १ लाख रुपैयाँ, उपविजेता हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड ले ५० हजार रुपैयाँ तथा तेस्रो स्थान हासिल गरेको नेको इन्स्युरेन्स लिमिटेड (बी) ले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

    NCMT-3.jpg
    undefined

    व्यक्तिगत विधातर्फ हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड का गोलरक्षक इराज कार्की उत्कृष्ट गोलकिपर अवार्ड पाए । जाकीपोइन्ट हेल्थ का प्रकाश बुढाथोकी ले सर्वाधिक गोलकर्ताको अवार्ड तथा सोही टोलीका मिलन थापा उत्कृष्ट खेलाडी अवार्ड हात पारे । फेयर प्ले अवार्ड भने नेपाल नागरिक उड्डयन प्राधिकरणलाई प्रदान गरिएको थियो।

    एनसीएमटी ले पहिलो पटक खेलाडी कर्पोरेट कर्पोरेट फुटसल टूर्नामेंट लेकुद क्षेत्र विभिन्न कर्पोरेट संस्थाबीच खेल विस्तार, टिमवर्क, अनुशासन, नेतृत्व क्षमता तथा प्रोत्साहनलाई प्रोत्साहन गर्ने आयोजकले प्रतिस्पर्धा छ।

    चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सहभागी टोली, खेलाडी, रेफ्री, स्वयंसेवक, कलेज व्यवस्थापन तथा आयोजक टोलीको सक्रिय सहभागिता रहेको थियो। प्रतियोगिताको सफल आयोजनाले आगामी दिनमा यस्ता कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्ने आधार तयार गरेको आयोजकको भनाइ छ।

    प्रतियोगिताको सफलताका लागि सहभागी २३ वटै टोली, खेलाडी, रेफ्री, स्वयंसेवक, कलेज व्यवस्थापन तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति एनसीएमटी  कलेज ले धन्यवाद व्यक्त गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend