images

२०८३ आश्विन २ गते

images
images
images

रुस–उत्तर कोरियाबीच पहिलो सडक पुल सञ्चालनमा

रुस–उत्तर कोरियाबीच पहिलो सडक पुल सञ्चालनमा

images
images
मंगलवार, भाद्र २३ २०८३
मंगलवार, भाद्र २३ २०८३
  • मस्को । रुस र उत्तर कोरियाबिच पहिलोपटक दुवै देशलाई जोड्ने सडक पुल सञ्चालनमा आएको छ । तुमेन नदीमाथि बनेको यो पुलले सीमा क्षेत्रका रुसको खासन र उत्तर कोरियाको रासन सहरलाई जोडेको हो । पुल खुलेसँगै अब दुई देशबिच मालसामान र यात्रु आवतजावत गर्न थप सहज हुने भएको छ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार पुललाई जनशक्ति आदानप्रदान, पर्यटन र व्यापारका लागि प्रयोग गरिनेछ ।

    images
    images

     प्रधानमन्त्री मिखाइल मिशुस्तिनले यस पुललाई दुई देशबिचको मित्रताको नयाँ प्रतीक भनेका छन् । उद्घाटन समारोहमा भिडियोमार्फत सहभागी भएका उनले मस्को र प्योङयाङबिचको सम्बन्ध अभूतपूर्व रूपमा उच्च तहमा पुगेको बताए । उत्तर कोरियाका प्रधानमन्त्री पाक थाए सङले पुल उद्घाटनलाई ऐतिहासिक घटना भनेका छन् । रुसी सरकारी समाचार संस्था तासका अनुसार दैनिक ३०० वटासम्म सवारीसाधन र २ हजार ३२३ जनाले यो पुल पार गर्न सक्नेछन् ।करिब एक किलोमिटर लामो पुलसँगै नयाँ पहुँच सडक, सीमा जाँच चौकी, आवश्यक पूर्वाधार र पार्किङ क्षेत्रसमेत निर्माण गरिएको स्याटेलाइट तस्बिरले देखाएको बीबीसीले जनाएको छ । यसअघि रुस र उत्तर कोरियाबिच हवाई तथा रेल सम्पर्क रहे पनि नियमित सडक सम्पर्क भने थिएन । विशेष व्यवस्थामा रेल पुलमाथि काठका फल्याक राखेर कार गुडाउने अस्थायी व्यवस्था मात्र रहेको रोयटर्सले जनाएको छ ।

    रुसी सरकारले सुरुमा यो पुलबाट मालसामान ढुवानी गरिने र यस वर्षको अन्त्यतिर यात्रु आवतजावत पनि सुरु हुने जनाएको छ । मिशुस्तिनका अनुसार पुलले व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक तथा सांस्कृतिक सहकार्यको थप विकासमा महत्त्वपूर्ण गति दिनेछ । तर पुलको उद्घाटन केवल व्यापारिक दृष्टिले मात्र महत्त्वपूर्ण नभएको विश्लेषण भइरहेको छ । युक्रेनको युद्ध सुरु भएपछि रुस र उत्तर कोरियाबिच सैन्य तथा रणनीतिक सम्बन्ध थप नजिकिएको छ । दुवै देशका नेता भ्लादिमिर पुटिन र किम जोङ उनले कुनै एक देशमाथि आक्रमण वा आक्रामकता भए एक अर्कालाई सहयोग गर्ने प्रतिबद्धता यसअघि जनाएका थिए ।युक्रेनको ओपन–सोर्स इन्टेलिजेन्स समूह ट्रुथ हाउन्ड्सले भने यो पुल मुख्य रूपमा रुसलाई सहयोग पुर्‍याउन गोप्य सैन्य रसद मार्गका रूपमा प्रयोग गर्ने उद्देश्यले बनाइएको दाबी गरेको छ । दक्षिण कोरियाको गुप्तचर निकायका अनुसन्धानकर्ताहरूका अनुसार उत्तर कोरियाले यसअघि नै पानीजहाजमार्फत रुसलाई अनुमानित ७ देखि १४ अर्ब डलर बराबरका रकेट, क्षेप्यास्त्र र तोपका गोला पठाइसकेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend