images

२०८३ आश्विन २ गते

images
images
images
  • स्वास्थ्य
  • दक्ष जनशक्ति अभावमा सप्तरीको बर्थिङ सेन्टर...

दक्ष जनशक्ति अभावमा सप्तरीको बर्थिङ सेन्टर बन्द, सेवाग्राही समस्यामा

दक्ष जनशक्ति अभावमा सप्तरीको बर्थिङ सेन्टर बन्द, सेवाग्राही समस्यामा

images
images
बुधवार, भाद्र २४ २०८३
बुधवार, भाद्र २४ २०८३
  • सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ वरसाइनस्थित स्वास्थ्यचौकीमा प्रसूति गृह (बर्थिङ सेन्टर) बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् ।चौबीसै घण्टा ‘प्रसूति सेवा’ उपलब्ध गराउने उद्देश्यले भवन निर्माण गरी विसं २०७९ चैत १५ मा ‘बर्थिङ सेन्टर’ शुभारम्भ गरिएको थियो । पछिल्ला दिनमा दक्ष जनशक्ति, आवश्यक उपकरण र आर्थिक अभावका कारण ‘बर्थिङ सेन्टर’ अलपत्रमा परेको स्थानीयवासी सुनिता यादवले बताइन् ।

    images
    images

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको स्वीकृत बजेटबाट स्वास्थ्यचौकीमा ‘बर्थिङ सेन्टर’ तयार गरिएको थियो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शैलेश झाले लौनियामा र तोपामा बर्थिङ सेन्टर सञ्चालन रहेको जानकारी दिँदै वरसाइनमा पनि सञ्चालन गरिने नीति रहेको जानकारी दिए ।रसाइनस्थित स्वास्थ्यचौकीका प्रमुख मनोज देवले वरसाइन स्वास्थ्यचौकीको ‘बर्थिङ सेन्टर’मा चार वर्षका अवधिमा एक जनाले मात्र सेवा लिएको जानकारी दिए । स्थानीयवासी सीता मण्डलले गाउँमै रहेको ‘बर्थिङ सेन्टर’ सञ्चालन नहुँदा स्वास्थ्य सेवा र प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता रहेको गुनासो गरिन् । गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले विसं २०७९ चैत १५ गते ‘बर्थिङ सेन्टर’को शुभारम्भ गरेका थिए । तिलाठी कोइलाडी –ं ५ का वडाध्यक्ष ललनप्रसाद राउतले कर्मचारीको अभावले ‘बर्थिङ सेन्टर’ बन्द भएको जानकारी दिए ।हिले यस ‘बर्थिङ सेन्टर’ मा चार जना कर्मचारी र एक कार्यालय सहयोगी सेवारत छन् । तत्कालीन समयमा वडा कार्यालयको बजेटबाट ‘बर्थिङ सेन्टर’ सञ्चालन गर्ने प्रतिबद्वता गरिएको थियो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार कर्णले दक्ष जनशक्ति अभावमा बर्थिङ सेन्टर सञ्चालनमा समस्या भएको जानकारी दिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend