images

२०८३ आश्विन २ गते

images
images
images
  • स्वास्थ्य
  • अत्यधिक तातो पेय सेवनले अन्ननलीको क्यान्सरको...

अत्यधिक तातो पेय सेवनले अन्ननलीको क्यान्सरको जोखिम बढाउने

अत्यधिक तातो पेय सेवनले अन्ननलीको क्यान्सरको जोखिम बढाउने

images
images
बुधवार, भाद्र २४ २०८३
बुधवार, भाद्र २४ २०८३
  • काठमाडौं । नियमित रूपमा अत्यधिक तातो चिया वा कफीजस्ता पेय पदार्थ पिउने मानिसमा अन्ननलीको क्यान्सर हुने जोखिम बढ्न सक्ने बेलायतमा गरिएको ठूलो अध्ययनले देखाएको छ ।यस अध्ययनमा अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले करिब १० लाख मानिसको तथ्यांक समावेश गरेका थिए । अनुसन्धानमा ९ लाख ७७ हजार २८२ जना मध्यम उमेरका महिला तथा पुरुष सहभागी थिए । अध्ययनमा ६५ डिग्री सेल्सियस वा त्यसभन्दा माथिको तापक्रमका पेयलाई अत्यधिक तातो मानिएको थियो ।अध्ययनअनुसार अत्यधिक तातो चिया वा कफी पिउने मानिसमा न्यानो पेय पिउनेहरूको तुलनामा अन्ननलीको क्यान्सरको जोखिम करिब तीन गुणासम्म बढी देखिएको छ । यद्यपि, विशेषज्ञहरूले समग्रमा यस्तो क्यान्सर हुने सम्भावना कम रहेको बताएका छन् ।

    images
    images

    धेरै तातो पेयले कसरी असर गर्न सक्छ ?

    अनुसन्धानकर्ताका अनुसार अत्यधिक तातो तरल पदार्थ निल्दा पेटतर्फ जाने अन्ननलीको भित्री तहमा रहेका कोषिकालाई क्षति पुग्न सक्छ । यही कारण लामो समयसम्म अत्यधिक तातो पेय सेवन गर्दा क्यान्सरको जोखिम बढ्न सक्ने सम्भावना रहेको बताइएको छ ।दिनमा ६ वा त्यसभन्दा बढी तातो पेय सेवन गर्दा पनि जोखिम बढेको अध्ययनले देखाएको छ । चिया वा कफीमा दूध थप्दा केही चिसो भए पनि त्यो अझै धेरै तातो हुन सक्ने अनुसन्धानकर्ताको भनाइ छ ।केटलमा पानी पूर्ण रूपमा उम्लिएपछि बनाइएको चियाको तापक्रम करिब ९० देखि ९५ डिग्री सेल्सियससम्म हुन सक्छ । त्यसैले चिया वा कफी बनाएपछि केही मिनेट पर्खेर पिउन सुझाव दिइएको छ ।क्यान्सर रिसर्च यूकेका अनुसार पेयलाई कति समयसम्म चिस्याउने भन्ने निश्चित समय तोक्न कठिन छ । तर धेरै तातो हुँदा पिउनुको सट्टा सहज रूपमा पिउन मिल्ने तापक्रमसम्म पर्खनु उचित हुन्छ ।

    images
    images

    कति तापक्रमलाई मान्ने धेरै तातो ?

    अध्ययनमा ६५ डिग्री सेल्सियस वा त्यसभन्दा माथिको पेयलाई अत्यधिक तातो मानिएको छ । अर्को एउटा अध्ययनमा ११८ जना युवाले विभिन्न प्रकारका ब्ल्याक कफी चाख्दा अधिकांशले ७० डिग्री सेल्सियस वा त्यसभन्दा माथिको कफीलाई धेरै तातो मानेका थिए ।एक टेकअवे कफी कप निर्माता कम्पनीका अनुसार यात्राका क्रममा पिउने तातो कफीका लागि ४९ देखि ६० डिग्री सेल्सियससम्मको तापक्रम उपयुक्त मानिन्छ । ग्राहकले अझ तातो कफी मागेमा कफी ८२ डिग्री सेल्सियसभन्दा माथि पनि पस्किन सकिने बताइएको छ ।अनुसन्धानकर्ताका अनुसार मानिसहरूले अत्यधिक तातो पेय पिउन छाडेमा अन्ननलीको क्यान्सरका करिब १० मध्ये १ देखि २ वटा घटना रोक्न सकिने अनुमान गरिएको छ । तर स्क्वामस सेल खानेनलीको क्यान्सर दुर्लभ मानिन्छ ।

    अत्यधिक तातो पेयले जोखिम बढाए पनि व्यक्तिमा यो क्यान्सर हुने समग्र सम्भावना अझै कम रहेको विशेषज्ञहरू भन्छन् । अनुसन्धानकर्ताका अनुसार धूम्रपानजस्ता अन्य कारण खानेनलीको क्यान्सरका लागि अझ ठूलो जोखिम हुन् ।क्यान्सर रिसर्च यूकेकी फियोना ओस्गनले यो जोखिम घटाउने सबैभन्दा महत्वपूर्ण उपायमा धूम्रपान नगर्नु र मदिराको सेवन घटाउनु पर्ने बताएकी छन् ।अन्ननलीको क्यान्सरका सम्भावित लक्षणमा छाती वा घाँटीमा दुखाइ, मुटु पोल्ने, अपच तथा तौल घट्ने जस्ता समस्या देखिन सक्छन् ।अनुसन्धान ‘इन्टरनेसनल जर्नल अफ क्यान्सर’मा प्रकाशित भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend