धादिङ । भोटेकोशी–त्रिशूली बाढीले जिल्लाका ६ पक्की र १७ झोलुंगे पुल क्षतिग्रस्त बनाएपछि तत्काल वैकल्पिक पुल र स्थायी पुनर्निर्माणको माग उठेको छ। फुर्केखोला–परेवाटार पुलमा बेलिब्रिज राख्न माग गर्दै स्थानीयले ‘कनेक्ट धादिङ’ अभियान थालेका छन्। पृथ्वी राजमार्गको परेवाभिर खुलिसकेको छ भने कृष्णभिरमा सडक सञ्चालनको काम जारी छ।




.gif)



