images

२०८३ आश्विन २ गते

images
images
images
  • कला / संस्कृति
  • प्रवासको कथा, धुर्मुस–सुन्तलीको शैली : शुक्रबारदेखि...

प्रवासको कथा, धुर्मुस–सुन्तलीको शैली : शुक्रबारदेखि ‘म त मर्छु कि क्या हो’

प्रवासको कथा, धुर्मुस–सुन्तलीको शैली : शुक्रबारदेखि ‘म त मर्छु कि क्या हो’

images
images
बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • अमेरिका । चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकाबाट  निर्माण गरेको नयाँ हास्य सिरियल ‘म त मर्छु कि क्या हो’ यही शुक्रबार २६ भाद्रबाट प्रसारण सुरु हुने भएको छ । २ साता अघि बाटै प्रसारणको मिति तोकिए पनि एक्कासि आएको बाढीका कारण देशले ठुलो जनधनको क्षति बेहोरेपछि शृङ्खला रोकिएको थियो ।  सुन्तली मिडियाले निर्माण गरेको यो  सिरियल हरेक साता शुक्रबार नेपाली समय  साँझ ८.१५ बजे प्रसारण गर्ने तयारी गरिएको उनले जानकारी दिए । नेपाली अमेरिकामा भने शुक्रबार बिहान १०.३० बजे प्रसारण हुने यो शृङ्खला धुर्मुस सुन्तली युट्युव च्यानलबाट प्रसारण हुनेछ ।  ‘म त मर्छु कि क्या हो’ नाम धुर्मुसको विगतमा चर्चित बनेको संवाद तथा थेगोबाट लिइएको हो ।

    images
    images

    अमेरिकाको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई केन्द्र बनाएर निर्माण गरिएको सिरियलका निर्देशक सीताराम कट्टेलका अनुसार नर्थ क्यारोलाइनाका राले, केरी, होली स्प्रिङ्स, हाई पोइन्ट, ग्रिन्सबोरो, चार्लोट लगायत विभिन्न स्थानमा सिरियलको छायांकन गरिएको छ । उनीहरूकै निर्देशनमा निर्माण भएको सिरियलमा वरिष्ठ हास्य कलाकार मोहन मिश्र समेत मुख्य भूमिकामा देखिँदै छन् । सिरियलमा दिनेश कार्की, शंकर राज वाग्ले, संयम लामिछाने, मनिका चौलागाँई, चुडा धिमाल, धर्म भारती, शुभद्रा आचार्य लगायत कलाकारको अभिनय देख्न सकिनेछ । यही सिरियलमार्फत सीताराम र कुञ्जनाले आफ्नी छोरी सुबिहानी कट्टेललाई पनि बाल कलाकारको रुपमा डेब्यु गराएका छन् । चलचित्रका पुराना नायक जीवन लुइँटेल पनि यस सिरीयलमा अतिथिको भूमिकामा देखिदैछन् ।  राजु केसीको छायांकन रहेको सिरियलमा आशिष अविरलको गायन, प्रकाश पुञ्जको शब्द, राजेन्द्र बज्गाईंको संगीत तथा राजेन्द्र मानन्धरको सम्पादन रहेको छ।

    सिरियल केवल मनोरञ्जनमा मात्र सीमित नरहने निर्माण पक्षले जनाएको छ । यसले अमेरिकामा बसोबास गर्ने नेपालीहरूको संघर्ष, सफलता, उपलब्धि, अवसर र चुनौतीसँगै यहाँको जीवनशैली, सामाजिक तथा सांस्कृतिक परिवेश, नेपाली समुदायका गतिविधि तथा प्रवासी जीवनका विविध कथालाई हास्यव्यंग्यात्मक ढंगले प्रस्तुत गर्नेछ ।अमेरिकी सरकारका वैज्ञानिक तथा साहित्यकार डा.चन्द्र गिरी यस शृङ्खलाले विदेशमा रहेका नेपालीका दैनिक जीवनसँग जोडिएका वास्तविक परिस्थितिलाई हास्यका माध्यमबाट दर्शकमाझ पुर्‍याउने अपेक्षा गरिएको बताउँछन् । यस हास्य सिरीयलका सल्लाहकार समेत रहेका डा. गिरी प्रवासमा बसेर नियमित रूपमा कला विश्वभरका नेपालीभाषी माझ आउनु चानचुने कुरा नभएको बताउँछन् । भन्छन्, ‘प्रवासमा रहेर यहीँबाट नियमित रूपमा कलाकर्म सुरु गर्नु आफैँमा प्रशंसनीय काम हो । यसमा प्रवासमा रहेका सबै नेपालीको साथ सहयोग हुन जरुरी छ ।’अमेरिका आएदेखि नै सीताराम र कुञ्जना कलाकर्ममा सक्रिय रहँदै आएका छन् । उनीहरूले यस अवधिमा करिब एक दर्जन नेपाली व्यवसाय तथा संस्थाका विज्ञापनसमेत निर्माण गरिसकेका छन् ।  ‘मुख्य रूपमा अब दर्शकले हाम्रो सिरियल नियमित रूपमा हेर्न पाउनुहुनेछ,’ सीतारामले भने, ‘हामी जहाँ रहे पनि आफ्नो कला र सिर्जनालाई निरन्तरता दिन सकिन्छ भन्ने सन्देश दिन चाहन्छौँ ।’

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend