images

२०८३ आश्विन २ गते

images
images
images

गोकर्णेश्वरमा पितृ सम्मान मेलाको तयारी पूरा, लाखौँ भक्तजन आउने अपेक्षा

गोकर्णेश्वरमा पितृ सम्मान मेलाको तयारी पूरा, लाखौँ भक्तजन आउने अपेक्षा

images
images
अर्थ समाचार
बिहिवार, भाद्र २५ २०८३
अर्थ समाचार
बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने पितृ सम्मान मेलाको सबै तयारी पूरा भएको छ ।बाबुको मुख हेर्ने दिनका रुपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुका नाममा श्रद्धापूर्वक तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने वैदिक सनातनी परम्परा छ ।यसैअनुसार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भदौ २६ गते शुक्रबार लाखौँ भक्तजन पितृप्रति सम्मान प्रकट गर्न आउँदै छन् । मेलाका लागि हिजैदेखि तयारी गरिएको छ । आज बिहानदेखि नै मन्दिर क्षेत्रमा भक्तजनको चाप बढ्न थालेको छ । ठाउँ ओगट्न आजैदेखि भक्तजन मन्दिर क्षेत्रमा आई बसेका छन् ।

    images
    images

    उत्तरगया भनेर चिनिने गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पितृ सम्मान दिवसको मेलाका लागि सबै तयारी पूरा भएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष जयराम महतले जानकारी दिए ।मेलाका लागि सात उपसमिति गठन गरेर तयारी गरिएको छ । गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बाबुको सम्मान गर्न भक्तजन आउने भएकैले यो औँशीलाई गोकर्णे औँशीका नामले चिनिन्छ ।यस दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको लाम लाग्छ । मेला व्यवस्थापन गर्न आजैदेखि २०० जना स्वयंसेवक परिचालन गरिएको जानकारी उनले दिए ।मेलाका लागि शुक्रबार नेपाल मेडिकल कलेज र माकलबारी सानो पुल क्षेत्रमै सार्वजनिक यातायात रोकी मन्दिर क्षेत्रमा प्रवेश गर्न नदिने गरी तयारी भएको समितिले जनाएको छ ।

    यस वर्ष नेपाली सेनाको विपद् व्यवस्थापन गणबाटसमेत जनशक्ति बोलाएर वाग्मती तटमा सुरक्षित रुपमा वस्थापन गर्न लागिएको छ ।मेलामा लाखौँ भक्तजनको आवागमनका कारण मोबाइल नेटवर्कले काम नगर्ने भएकाले मन्दिर परिसर र वडा कार्यालय गरी दुई स्थानमा नेपाल टेलिकमको टावर भ्यानको व्यवस्था गरिएको अध्यक्ष महतले जानकारी दिए ।आजैदेखि भक्तजनको चाप बढेका कारण जोरपाटी–गोकर्णेश्वर क्षेत्रमा सवारी चाप बढेको छ ।यसै अवसरमा रसुवाको बेत्रावती, देवघाटलगायत दोभान र त्रिवेणीमा पनि पितृप्रति श्रद्धा भक्तिसाथ श्राद्ध, तर्पण गर्ने भक्तजनको लर्को लाग्छ ।यस वर्ष बेत्रावतीमा भोटेकोशी बाढीका कारण असहज अवस्था भएकाले मेला लाग्ने नलाग्ने निश्चित भइसकेको छैन ।‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । मृत बाबुका नाममा भने गोकर्णेश्वरलगायत तीर्थस्थलमा गई श्रद्धाभक्तिपूर्वक तर्पण, पिण्डदान र सिदादान गरिन्छ ।यस दिन थोरै दान गरेपनि हजारौँ गुणाबढी फल पाइने भएकाले पुण्य पर्व भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend