images

२०८३ आश्विन १ गते

images
images
images
  • अन्य
  • नेपाल भलिबल लिगः काठमाडौँ रेड्स प्लेअफमा,...

नेपाल भलिबल लिगः काठमाडौँ रेड्स प्लेअफमा, खप्तड जितविहीन

नेपाल भलिबल लिगः काठमाडौँ रेड्स प्लेअफमा, खप्तड जितविहीन

images
images
शुक्रवार, भाद्र २६ २०८३
शुक्रवार, भाद्र २६ २०८३
  • काठमाडौँ, २६ भदौ । काठमाडौँ रेड्स नेपाल भलिबल लिग (एनभिएल) २०२६ को प्लेअफमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न खेलको नतिजासँगै काठमाडौँले प्लेअफमा स्थान बनाएको हो । 

    images
    images

    काठमाडौँले अन्तिम खेलमा खप्तड फाल्कोन्सविरुद्ध खेल्नुअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको थियो । उसले लिग चरणको पाँचौँ खेल पनि जित्दै आफ्नो लय कायमै राख्यो ।

    काठमाडौँले खप्तडविरुद्धको खेल ३–२ सेटले जितेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा खप्तडले सुरुआती अग्रता लिए पनि उसले त्यसलाई निरन्तरता दिन सकेन । खप्तडले पहिलो सेट २५–१९ ले जितेको थियो ।

    images
    images

    दोस्रो सेटमा काठमाडौँले उत्कृष्ट पुनरागमन गर्दै २५–१८ को जित निकाल्यो । यस्तै, तेस्रो सेटमा खप्तड २५–१९ ले विजयी हुँदा खेल रोमाञ्चक अवस्थामा पुग्यो । अन्तिम तथा पाँचौँ सेट काठमाडौँले १५–१३ ले आफ्नो पक्षमा पार्दै खेल जित्यो ।

    जारी प्रतियोगितामा काठमाडौँको यो चौथो जित हो । उसले एक खेलमा मात्र हार व्यहोरेको छ । उता खप्तड फाल्कोन्सले भने यस सिजनमा एउटा खेल पनि जित्न सकेन । खप्तड तालिकाको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

    भदौ २७ गतेसम्म सञ्चालन हुने जारी लिगको विजेता टोलीले रु २० लाखबराबरको पुरस्कार प्राप्त गर्नेछ ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend