images

२०८३ आश्विन १ गते

images
images
images
  • अन्य
  • पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई...

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

images
images
शुक्रवार, भाद्र २६ २०८३
शुक्रवार, भाद्र २६ २०८३
  • वीरगञ्ज, २६ भदौ । प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पटेर्वासुगौली गाउँपालिका–४ भथौरास्थित आफ्नै घरबाट ७० वर्षीय दुखी महतोलाई १८ किलो ४०० ग्राम गाँजासहित पक्राउ गरिएको हो।

    images
    images

    त्यस्तै, वीरगञ्ज महानगरपालिका–२१ परवानीपुर क्षेत्रबाट एक भारतीय नागरिकलाई ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    नियमित गस्तीमा खटिएको प्रहरी टोलीले बिहीबार दुवै जनालाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

    images
    images

    प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै विभिन्न स्थानमा निगरानी तथा गस्ती बढाएको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend