images

२०८३ आश्विन १ गते

images
images
images
  • शिक्षा
  • कामपाको सम्पर्कमा रहेका बाढी प्रभावित १३२...

कामपाको सम्पर्कमा रहेका बाढी प्रभावित १३२ बालबालिकालाई विद्यालय भर्ना

कामपाको सम्पर्कमा रहेका बाढी प्रभावित १३२ बालबालिकालाई विद्यालय भर्ना

images
images
शुक्रवार, भाद्र २६ २०८३
शुक्रवार, भाद्र २६ २०८३
  • काठमाडौँ, २६ भदौ । विस्थापित बालबालिकालाई विद्यालय पठाउन सुरु गरिएको छ । रसुवा भोटेकोशी बाढीबाट विस्थापित भई काठमाडौँमा रहेका १३२ बालबालिकालाई गीतामाता स्कुल, डल्लुमा पढाउन सुरु गरिएको छ । 
     
    काठमाडौँ महानगरपालिका (कामपाका) कार्यवाहक प्रमुख सुनिता डङ्गोललले वचन र व्यवहारले बालबालिकालाई थप चोट पुग्न सक्छ, उनीहरुसँग आत्मिय व्यवहार गरी पढाउन शिक्षासँग आग्रह गरिन । 
     
    नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रित विद्यार्थीलाई प्रोत्साहित गर्न कार्यपालिका सदस्य, जनप्रतिनिधि, शिक्षा विभागका अधिकारी विद्यालय पुगेका थिए । 
     
    उक्त विद्यालयमा पढ्ने विद्यार्थीमध्ये केहीका बुबाआमा छैनन् । केहीका बुवा आमामध्ये एक जना छैनन् । कसैका दुवै छैनन् । विद्यार्थीका लागि कोशिस नेपालले झोला र पोशाकको व्यवस्थाका साथै मनोसामाजिक परामर्श प्रदान गरेको छ । आश्रयस्थलबाट विद्यालयसम्म ल्याउन र पु¥याउन र एलआरआइ स्कुलले सवारीसाधन उपलब्ध गराएको छ । 
     
    विद्यालयका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठले गहिरो चिन्तामा परेका विद्यार्थीलाई बल गराएर आउनै पर्छ, भन्ने होइन । परामर्शबाट विस्तारै सामान्य अवस्थामा ल्याउने प्रयास भइरहेको जानकारी दिएका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend