images

२०८३ आश्विन १ गते

images
images
images
  • अन्य
  • दैलेखमा स्वचालित पेस्तोल र पाँच राउन्ड...

दैलेखमा स्वचालित पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ

दैलेखमा स्वचालित पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ

images
images
शनिवार, भाद्र २७ २०८३
शनिवार, भाद्र २७ २०८३
  • वीरेन्द्रनगर । दैलेखको आठबीस नगरपालिकाबाट प्रहरीले स्वचालित पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा आठबीस नगरपालिका–६ का ३० वर्षीय भीमबहादुर शाही र वडा नं. ५ का २७ वर्षीय भूपेन्द्र शाही रहेका छन्।

    images
    images

    प्रहरीका अनुसार उनीहरूलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान गर्ने क्रममा हतियार बरामद भएपछि थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। अभद्र व्यवहारसम्बन्धी घटनामा सोधपुछ गर्ने क्रममा भूपेन्द्र शाहीले आठबीस नगरपालिका–४ स्थित राकम खोलिबजार नजिकैको खोल्सामा स्वचालित पेस्तोल लुकाएर राखेको जानकारी दिएको प्रहरीले जनाएको छ।

    त्यसपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक कृष्ण चन्दको कमान्डमा तीन सदस्यीय प्रहरी टोली उक्त स्थानमा खटिएको थियो। खोजीका क्रममा खोल्साको झाडीमा कालो प्लास्टिकमा पोका पारेर लुकाइएको अवस्थामा हतियार फेला परेको प्रहरीले जनाएको छ।

    images
    images

    प्रहरीले उक्त पोकाबाट ‘मेड इन चेकोस्लोभाकिया’ लेखिएको १०५०२८ नम्बरको एक थान स्वचालित पेस्तोल, एक थान म्याग्जिन र पाँच राउन्ड गोली बरामद गरेको छ। हतियार शनिबार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। हतियार बरामद भएपछि प्रहरीले दुवैजनामाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा समेत अनुसन्धान अघि बढाएको छ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक कबिन्द्र सिंह बोहराका अनुसार बरामद हतियारको स्रोत, प्रयोगको उद्देश्य तथा पक्राउ परेका दुवैजनाको संलग्नताबारे थप अनुसन्धान भइरहेको छ।

    प्रहरीले बरामद पेस्तोल, म्याग्जिन र गोलीलाई प्रमाणका रूपमा सुरक्षित राखी घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend