images

२०८३ आश्विन २ गते

images
images
images
  • विश्व
  • नेतन्याहुको कपाल र मेकअपमै ४ लाख...

नेतन्याहुको कपाल र मेकअपमै ४ लाख ७० हजार डलर सरकारी खर्च

नेतन्याहुको कपाल र मेकअपमै ४ लाख ७० हजार डलर सरकारी खर्च

images
images
आइतवार, भाद्र २८ २०८३
आइतवार, भाद्र २८ २०८३
  • तेल अभिभ । सन् २०१९ देखि अगस्ट २०२६ सम्म इजरायलले आफ्नो मेकअफमा मात्रै लाखौं डलर खर्च गरेका छन् । स्वदेश तथा विदेश इजरायलको प्रतिनिधित्व गर्ने क्रममा हयर स्टाइल, मेकअपमा मात्रै उनले ४ लाख ७० हजार डलर खर्च गरेका छन् । 

    images
    images

    यो तथ्यांक वकिल यारा विन्कलर–शालितले सन् २०२५ को डिसेम्बरमा सूचनाको हकसम्बन्धी निवेदन दायर गरेपछि इजरायली प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार हेयर स्टाइलिङ र मेकअप कूल खर्चको करिब ९० प्रतिशत बेन्जामिन नेतन्याहु र उनकी पत्नी साराका लागि खर्च भएको छ ।विभिन्न दस्तावेजमा राज्य सुरक्षाका नाममा प्रधानमन्त्रीका व्यक्तिगत हेयरस्टाइलिस्ट र मेकअप आर्टिस्टका नामसहितका केही विवरणलाई राखिएको थिएन । तथ्यांकमा मासिक खर्चको विवरणका साथै सन् २०२३ को अन्त्यतिर युद्ध सुरु भएको समय आसपासको खर्च पनि समेटिएको छ । यसअनुसार सन् २०२३ को सेप्टेम्बरदेखि नोभेम्बरसम्म नेतन्याहुको हेयर स्टाइलिङमा मात्रै राज्यले झन्डै २ हजार ६०० डलर र मेकअपमा १ हजार ५८० डलर भुक्तानी गरेको थियो । अभिलेखअनुसार सन् २०२३ को अक्टोबर महिनामा मात्रै कपाल मिलाउन ८१० डलर खर्च गरिएको थियो । प्रधानमन्त्रीको कार्यकालअनुसार समग्र खर्च फरक देखिएको छ ।

    नफ्ताली बेनेट र याइर लापिडकोे पालामा सन् २०२२ मा यस्तो खालको खर्च केवल २७ हजार ६०० डलर मात्रै थियो । तर सन् २०२३ मा कुल खर्च करिब १ लाख ३ हजार डलरमा उक्लियो । सन् २०२५ मा खर्च सबैभन्दा बढी देखिएको छ । त्यस वर्ष करिब १ लाख ११ हजार डलर खर्च भएको थियो । विदेश भ्रमणमा गएको बेलामा खर्च बढ्दा उक्त वर्ष समग्र खर्च बढेको हो । २०२५ को फेब्रुअरीमा भएको वासिङ्टन भ्रमणका बेलामा मात्रै नेतन्याहुले मेकअप तथा स्टाइलिङमा १३ हजार ५०० डलर खर्च गरेका थिए । २०२४ को जुलाई वासिङ्टन भ्रमणको बेलामा पनि ११ हजार ५०० डलर खर्च भएको थियो । प्रधानमन्त्रीको गरगहना, लत्ता कपडा, लगायतमा भएको खर्च भने इजरायल सरकारले सार्वजनिक गरेको छैन  

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend