क्यालिफोर्निया ।फेसबुकका संस्थापक मार्क जुकरबर्गले सन् २०२६ मा एलन मस्कको सामाजिक सञ्जाल ‘एक्स’मा आफ्नो गतिविधि पुनः सुरु गरेका छन् । प्रतिद्वन्द्वी माइक्रोब्लगिङ प्लेटफर्ममा उनले तीनवर्ष देखि दूरी बनाएका थिए । जुकरबर्गले सुरुमा म्युज स्र्पाक १.१ एआई मोडलसम्बन्धी समाचार सार्वजनिक गर्न एक्समा पुनः पोस्ट गर्न थालेका थिए । त्यसयता मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जुकरबर्ग उक्त माइक्रोब्लगिङ वेबसाइटमा नियमित रूपमा सक्रिय रहँदै आएका छन् ।उनको पछिल्लो पोस्ट सेप्टेम्बर ९ मा आएको थियो । त्यसमा उनले ‘तपाईंका लक्ष्यहरू बुझ्ने अनि र तपाईंका लागि चौबीसै घण्टा, सातै दिन कामहरू गरिदिने पर्सनल एजेन्ट म्युज’ लेखका थिए । त्यसै समयमा एउटा पोडकास्टमा उनलाई मेटाकै प्रत्यक्ष प्रतिस्पर्धी प्लेटफर्म थ्रेड्स चलाइरहेको बेलामा अर्को प्रतिस्पर्धी सामाजिक सञ्जालमा पनि आफ्ना अपडेट पोस्ट किन गरिरहेको भन्ने प्रश्न गरिएको थियो । उनले व्यक्तिगत प्रचारका लागि मात्रै नभएर निश्चित इन्जिनियरिङ प्रतिभा र अनुसन्धानकर्तासम्म पुग्न एक्स चलाएको भनेका थिए । उनका अनुसार तीमध्ये धेरै अझै पनि एक्समा गहिरोसँग जोडिएका छन् ।
विभिन्न डिजिटल माध्यममा आफ्नो सक्रिय उपस्थिति कायम राख्ने निर्णयको बचाउ गर्दै जुकरबर्गले फरक–फरक अनलाइन स्थानमा फरक समुदाय केन्द्रित हुने बताए । मेसिन लर्निङ र अनुसन्धान समुदायको ठूलो हिस्सा अझै पनि मुख्य रूपमा एक्स मा सक्रिय हुने र त्यहीँ संवाद गर्ने गरेको उनले बताए । त्यसैले त्यहाँ कम्पनीको सक्रिय संस्थागत उपस्थिति आवश्यक रहेको उनको भनाइ छ ।उनले आधुनिक सामग्री प्रकाशन पोडकास्ट उत्पादन गर्नेजस्तै भएको बताए । उनका अनुसार सामग्री पहिलोपटक कुनै एउटा प्लेटफर्ममा प्रकाशित गरिए पनि व्यापक पहुँचका लागि त्यसलाई अन्य माध्यममा पनि साझा गर्न आवश्यक हुन्छ । ‘म थ्रेड्समा छु । हो, स्वाभाविक रूपमा यसले राम्रो गरिरहेको छ । हेर्नुस्, फरक–फरक ठाउँमा फरक समुदाय छन् । एक्समा धेरै एआईसँग सम्बन्धित मानिसहरू छन् । सामाजिक सञ्जालमार्फत तपाईंले गर्न खोज्ने एउटा कुरा भनेको मानिसहरू जहाँ छन्, त्यहीँ उनीहरूसँग संवाद गर्नु हो । यो पोडकास्ट बनाउँदाजस्तै हो । जब तपाईं पोडकास्ट वा कुनै सामग्री पोस्ट गर्नुहुन्छ, सम्भवतः त्यसलाई पहिले एउटा ठाउँमा राख्नुहुन्छ र त्यसपछि सबै ठाउँमा पोस्ट गर्नुहुन्छ । त्यसैले म थ्रेड्स र एक्स दुवैमा एउटै सामग्री पोस्ट गर्छु । केही मानिसहरू ‘तपाईं यो एक्समा किन पोस्ट गरिरहनुभएको छ ? भनेर सोधिरहेका छन्,’ पोष्टमा लेखिएको छ ।




.gif)



