images

२०८३ आश्विन २ गते

images
images
images

कर्णालीको मौलिक संस्कृति र लोकविश्वास समेटिएको ‘देहेडुः अलौकिक ऊर्जा’ प्रकाशित

कर्णालीको मौलिक संस्कृति र लोकविश्वास समेटिएको ‘देहेडुः अलौकिक ऊर्जा’ प्रकाशित

images
images
मंगलवार, भाद्र ३० २०८३
मंगलवार, भाद्र ३० २०८३
  • काठमाडौँ । संस्कृति, सम्पदा र इतिहास समेटिएको नयाँ पुस्तक पाठकमाझ आएको छ । कर्णाली प्रदेशको कालिकोटस्थित पचालझरना गाउँपालिका–५ स्थित बाँझकोटमा रहेको देहुडु र यससँग जोडिएको परम्परा, संस्कृति तथा लोकविश्वासलाई समेटेर ‘देहेडुः अलौकिक ऊर्जा’ नामक पुस्तक तयार भएको छ ।गोपीकृष्ण ढुङ्गाना र डीबी नेपाली ‘दमु’ यस पुस्तकका लेखक हुन् । फलामको लौरो हजारौँ दर्शकले हेर्दाहेर्दै पिटिक्क पार्ने अलौकिक शक्ति यस कृतिको मुख्य विषय हो । पुस्तक इम्प्रिन्ट पब्लिशर्सबाट प्रकाशित भएको हो । पुस्तकमा देहेडु जात्रा, कुमाल समुदायको जीवनशैली, वंशावली, सामाजिक जीवन, धार्मिक विश्वास, संस्कार तथा स्थानीय लोककथालाई विभिन्न प्रसङ्ग र स्थलगत अध्ययनका आधारमा प्रस्तुत गरिएको छ । देहेडुलाई प्रकृति, कुलदेवता, आस्था र मानव जीवनबिचको सम्बन्धका रूपमा पुस्तकले व्याख्या गरेको छ ।

    images
    images

    पुस्तकको मुख्य आकर्षणका रूपमा देहेडु जात्रामा धामीले फलामे लठ्ठी हातले भाँच्ने परम्पराको वर्णन गरिएको छ । पुस्तकमा यस घटनालाई स्थानीय समुदायको आस्था, साधना र पुर्खाको आशीर्वादसँग जोडेर प्रस्तुत गरिएको छ । लेखकहरूले यस परम्पराले आधुनिक विज्ञानसमेतका लागि जिज्ञासा सिर्जना गर्ने दाबी गरेका छन् । देहेडु जात्रालाई नेपालमा मात्र नभई विश्वकै लागि विशेष र दुर्लभ सांस्कृतिक परम्परा बनाउन सकिने सम्भावनासमेत पुस्तकमा औँल्याइएको छ । यसको संरक्षण र प्रचार–प्रसारबाट कर्णालीको मौलिक संस्कृति तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।लेखकद्धय ढुङ्गाना र नेपालीले लामो अनुसन्धान, स्थलगत अध्ययन, भेटघाट र संकलनबाट पुस्तक तयार गरेको बताएका छन् । पुस्तकमा देहेडुले विश्व रेकर्ड राख्ने साथै यही संस्कृति, सम्पदा र इतिहासले नेपाललाई विश्वमा चिनाउने पर्याप्त आधार पनि दिएको छ । पुस्तकले देहेडु परम्परालाई दस्तावेजीकरण गर्दै भावी पुस्तालाई स्थानीय इतिहास, संस्कृति र लोकजीवन बुझ्न महत्त्वपूर्ण सामग्री उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend