images

२०८३ आश्विन १ गते

images
images
images
  • विश्व
  • मदिना क्षेत्रमा ११ करोड टन दुर्लभ...

मदिना क्षेत्रमा ११ करोड टन दुर्लभ खनिजको स्रोत फेला परेको साउदीको दाबी

मदिना क्षेत्रमा ११ करोड टन दुर्लभ खनिजको स्रोत फेला परेको साउदीको दाबी

images
images
मंगलवार, भाद्र ३० २०८३
मंगलवार, भाद्र ३० २०८३
  • साउदी अरब । साउदी अरबले मदिना क्षेत्रमा झन्डै ११ करोड टन दुर्लभ खनिज र युरेनियम फेला पारेको साउदी खरबले दाबी गरेको छ ।साउदी ऊर्जामन्त्री राजकुमार अब्दुलअजिज बिन सलमानले यस्तो बताएका हुन् । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को ७०औँ नियमित महासम्मेलनका क्रममा यो खोजबारे जानकारी दिइएको हो । मदिना क्षेत्रमा रहेको जबल सयिदमा गरिएको अन्वेषण तथा भूगर्भीय अध्ययनका आधारमा त्यहाँ दुर्लभ माटोका तत्वको उच्च मात्रा र युरेनियमको सम्भावनायुक्त मात्रा रहेको पत्ता लागेको साउदी पक्षले जनाएको छ ।

    images
    images

    साउदी अरब र अमेरिकाले नागरिक आणविक क्षेत्रमा सहकार्यलाई औपचारिकता दिएको केही महिनापछि यो घोषणा भएको हो । जुलाई २२ मा अमेरिकी ऊर्जा सचिव क्रिस राइट र साउदी ऊर्जामन्त्री राजकुमार अब्दुलअजिज बिन सलमानबीच आणविक सहकार्यसम्बन्धी सम्झौता भएको थियो । अमेरिकी ऊर्जा मन्त्रालयका अनुसार उक्त सम्झौताले दशकौँसम्म चल्ने बहुअरब डलरको साझेदारीका लागि कानुनी आधार तयार गरेको छ । साथै, यसले साउदी अरबको नागरिक आणविक ऊर्जा कार्यक्रममा अमेरिकी कम्पनीहरूको पहुँचलाई थप विस्तार गर्नेछ ।

    ‘मदिनास्थित जबल सयिद परियोजनामा गरिएको अन्वेषण र भूगर्भीय अध्ययनले दुर्लभ माटोका खनिज, विशेषगरी भारी तत्वको उच्च मात्रा रहेको करिब ११ करोड टन अयस्कको अनुमानित स्रोत फेला पारेको छ । यससँगै युरेनियमको पनि सम्भावनायुक्त मात्रा रहेको देखिएको छ,’ अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको महासम्मेलनमा राजकुमार अब्दुलअजिज बिन सलमानले भने ।उदी ऊर्जामन्त्रीका अनुसार सन् २०२५ को नोभेम्बरमा युवराज मोहम्मद बिन सलमानले अमेरिकाको भ्रमण गरेपछि महत्वपूर्ण खनिज तथा आपूर्ति शृंखलासम्बन्धी सहकार्यले थप गति लिएको हो । त्यसक्रममा साउदी सरकारी स्वामित्वको खानी कम्पनी मआदेन र अमेरिकी कम्पनी एमपी मटेरियल्सबीचको साझेदारीसहित महत्वपूर्ण खनिज तथा आपूर्ति शृंखलाका क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार भयो ।  

    images
    images

    उक्त भ्रमणपछि महत्वपूर्ण खनिज, धातु र युरेनियमका विषयमा सहकार्य गर्ने रणनीतिक रूपरेखा तयार भएको थियो। त्यसअन्तर्गत अमेरिकी रक्षा मन्त्रालयले साउदी अरबमा निर्माण हुने नयाँ दुर्लभ माटो प्रशोधन कारखानामा ४९ प्रतिशत लगानी गर्ने सहमति गरेको थियो । उक्त परियोजनामा साउदी कम्पनी मआदेनको ५१ प्रतिशत नियन्त्रणकारी हिस्सेदारी रहनेछ । अमेरिकी कम्पनी एमपी मटेरियल्सले हाल अमेरिकामा सञ्चालनमा रहेको एकमात्र दुर्लभ माटो खानी तथा प्रशोधन केन्द्र सञ्चालन गर्दै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend