images

२०८३ आश्विन १ गते

images
images
images
  • विश्व
  • फुजी हिमालमा अफ–सिजन आरोहण गर्दा उद्धार...

फुजी हिमालमा अफ–सिजन आरोहण गर्दा उद्धार शुल्क तिराउने जापानको तयारी

फुजी हिमालमा अफ–सिजन आरोहण गर्दा उद्धार शुल्क तिराउने जापानको तयारी

images
images
बुधवार, भाद्र ३१ २०८३
बुधवार, भाद्र ३१ २०८३
  • टोकियो । जापानले अफ–सिजन अर्थात् मुख्य आरोहण समयबाहिर फुजी हिमाल चढ्ने आरोहीलाई उद्धार शुल्क पनि तिराउने भएको छ । यो शुल्क सबैलाई तिराइनेछैन । अफ–सिजनमा हिमाल चढ्दा हेलिकोप्टरमार्फत उद्धार गर्नुपर्ने अवस्था आएमा आगामी वर्षदेखि आरोहीलाई त्यसको शुल्क बेहोर्न लगाइने भएको हो । फुजी हिमालको उत्तरी भागको व्यवस्थापन गर्ने यामानाशी प्रिफेक्चरले लापरवाही तथा पर्याप्त तयारीबिना हिमाल चढ्न निरुत्साहित गर्न नयाँ उपाय ल्याउन लागेको हो ।

    images
    images

    उद्धार शुल्क निर्धारण गर्दा छिमेकी साइतामा प्रिफेक्चरमा अन्य हिमाली क्षेत्रमा लागू रहेको शुल्कलाई आधार मानिनेछ । त्यहाँ प्रति पाँच मिनेटको ८ हजार येन (झन्डै ५१ अमेरिकी डलर) शुल्क लिने व्यवस्था छ । अफ–सिजनमा फुजी चढ्न चाहने व्यक्तिले विस्तृत आरोहण योजना पनि बुझाउनुपर्ने व्यवस्था पनि गर्न लागिएको छ । फुजीमा सेप्टेम्बरको सुरुदेखि अर्को वर्षको जुलाईसम्मको अवधिलाई अफ–सिजन मानिन्छ ।यामानाशीका गभर्नर कोतारो नागासाकीले सोमबार सर्वसाधारणलाई अफ–सिजनमा आरोहण नगर्न आग्रह गर्दै यस्ता उपायले जाडो मौसममा फुजी चढ्नु कस्तो हुन्छ भन्नेबारे मानिसलाई पुनर्विचार गर्न प्रेरित गर्ने बताएका छन् । यामानाशी र छिमेकी शिजुओका प्रिफेक्चर, जसले फुजीको दक्षिणी भागको व्यवस्थापन गर्छ, दुवैले अफ–सिजनमा बिनायोजना तथा अनुमति आरोहण गर्नेको संख्या बढेको बताएका छन् । केही आरोहीहरू हिमालमै अलपत्र परेका घटनासमेत भएका छन् ।

    शिजुओका प्रिफेक्चरले अफ–सिजन आरोहणका लागि अनिवार्य दर्ता नगर्ने व्यक्तिमाथि जरिवाना लगाउने र प्रतिबन्धित क्षेत्रमा आरोही प्रवेश गर्न नदिन थप कडाइ गर्ने जनाएको छ । तर शिजुओकाले हेलिकोप्टर उद्धारका लागि शुल्क लिने योजना घोषणा गरेको छैन । प्रत्येक वर्ष करिब २ लाख मानिस फुजीको शिखर पुग्ने प्रयास गर्छन् । अफ–सिजनमा अधिकांश हिमाली आश्रयस्थल र शौचालय समेत बन्द हुन्छन् । साथै मौसम तथा पदमार्गको अवस्था पनि तुलनात्मक रूपमा निकै कठिन र जोखिमपूर्ण हुने गर्छ । त्यसैले मुख्य सिजनबाहेक फुजी आरोहणलाई जापानी अधिकारीहरूले कडा रूपमा निरुत्साहित गर्दै आएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend