काठमाडौं । नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा आयोजना भइरहेको 'पीएमजिओ (PMGO) साउथ एसिया फाइनल्स' काठमाडौंमा उत्साहजनक रूपमा जारी छ। गत भदौ ३१ गतेदेखि सुरु भएको यो भव्य प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन भइरहेको छ, जुन आगामी असोज ३ गतेसम्म चल्नेछ।एक्स्ट्रिम इनर्जी ड्रिंक' मुख्य प्रायोजक रहेको यस प्रतियोगिताले नेपालमा पछिल्लो समय तीव्र गतिमा फस्टाउँदै गएको ई-स्पोर्ट्स तथा गेमिङप्रति युवाहरूको आकर्षणलाई थप ऊर्जा र उत्साह प्रदान गरिरहेको छ।
कभर्ड हलमा जारी प्रतिस्पर्धासँगै खेल हेर्न पुगेका दर्शक तथा सहभागीहरूका लागि विशेष 'एक्स्ट्रिम इनर्जी ड्रिंक एक्सपेरियन्स जोन' समेत सञ्चालन गरिएको छ। उक्त जोनमा दर्शकहरूले विभिन्न मनोरञ्जनात्मक खेल, चुनौतीपूर्ण गतिविधि तथा मिनी गेमिङ प्रतियोगिताहरूमा भाग लिँदै तत्कालै आकर्षक उपहारहरू जितिरहेका छन्। साथै, फोटो खिच्ने र नयाँ अनुभव बटुल्नेहरूको समेत प्रतियोगिता स्थलमा बाक्लो उपस्थिति देखिएको छ।त्यसैगरी, दर्शकहरूलाई भरपूर मनोरञ्जन दिलाउन कार्यक्रम स्थलमा 'एक्स्ट्रिम फन एन्ड एक्सपेरियन्स जोन', खेलको प्रत्यक्ष मज्जा लिन 'वाच पार्टी जोन', 'एक्स्ट्रिम गेमिङ च्यालेन्ज' का साथै 'एक्स्ट्रिम फोटो तथा कन्टेन्ट जोन' समेत सक्रिय रूपमा सञ्चालनमा रहेका छन्। यी विविध गतिविधिहरूले प्रतियोगितामा उपस्थित दर्शक र सहभागीहरूलाई निकै रोमाञ्चक माहोल प्रदान गरिरहेका छन्।चार दिनसम्म निरन्तर चल्ने यस प्रतियोगिताले गेमिङ प्रतिस्पर्धासँगै नेपालमा ई-स्पोर्ट्स र आधुनिक गेमिङ संस्कृतिलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास रहेको छ।




.gif)



