images

२०८३ आश्विन २ गते

images
images
images

सोसल मिडियाको लत यसरी छुटाउनुहोस्

सोसल मिडियाको लत यसरी छुटाउनुहोस्

images
images
बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • काठमाडौं ।गत  साता अष्ट्रेलियाको संसदले एउटा कानून पारित गर्यो जसले १६वर्षमुनिका बालबालिकालाई सोसल मिडियाको प्रयोग गर्नमा बन्देज लगाएको छ ।

    images
    images

    अष्ट्रेलियाको यस्तो कदमका विषयमा विश्वव्यापी रुपमै बहस उत्पन्न भएको छ । यस्तो कानूनका कारण अष्ट्रेलियामा किशोर किशोरीहरु डार्क वेब अर्थात् इन्टरनेटको अवैध संसारमा जाने वा सामाजिक रुपमा अलगावको सिकार बन्नसक्ने चेतावनी विज्ञहरुले दिएका छन् ।

    सोसल मिडियाका बहुआयामिक असरहरुमा जोड दिँदै यदि त्यसलार्य नियन्त्रण नगरेमा गम्भीर लत तथा निर्भरताको सिर्जना गर्ने भन्दै नयाँ कानून तर्जुमा गरिएको हो ।

    images
    images

    फेसबुक, इन्स्टाग्राम, स्नापच्याट, रेडिट तथा एक्सजस्ता सोसल मिडिया प्लाटफर्मको अत्यधिक प्रयोगले मानिसहरुको उत्पादनशीलतामा गिरावट आउने मात्र नभई मानसिक स्वास्थ्य तथा जीवनका सम्बन्धहरुमा समेत नकारात्मक असर पर्ने गरेको छ । त्यसैले आफ्नो डिजिटल जीवनमा कसरी नियन्त्रण राख्ने र सोसल मिडियाको लतबाट कसरी मुक्त हुने भन्ने कुरा अहिलेको प्रमुख सवाल बनेको छ ।

    सामाजिक सञ्जालको विषमुक्ति अर्थात् सोसल मिडिया डिटक्स किन महत्वपूर्ण छ ?

    यदि सामाजिक सञ्जालको प्रयोग बुद्धिमत्तापूर्ण ढंगले गरिएन भने यसले हाम्रो मानसिक स्वास्थ्य तथा उत्पादनशीलतामा गम्भीर असर पूराउँछ । धेरै मानिसहरुले अन्जानवश समेत विभिन्न खालका अस्वस्थ आनीबानीहरु, जस्तै जतिबेला सुकै फोनमा नोटिफिकेसन हेर्ने, सोसल मिडिया फिडमा स्क्रोल गरिरहने र आफ्नो जीवनलाई अरुसँग तुलना गर्ने जस्ता अस्वस्थ आनीबानीको विकास गरेका हुन्छन् । यस्तो निर्भरताले मानिसको वास्तविक जीवनको अन्तरक्रियामा गिरावट ल्याउने मात्र होइन मानिसमा एन्जाइटी, एक्लोपनाको अनुभूति हुने र कतै हराउँछु कि भन्ने डर पैदा हुने मानसिक समस्या पनि सिर्जना गर्न सक्दछ ।

    सामाजिक सञ्जालबाट विषमुुक्ति अर्थात् सामाजिक सञ्जालको लतबाट मुक्तिले मानिसालई ती प्लाटफर्मसँग आफ्नो सम्बन्धका बारेमा पुनर्विचार गर्न र त्यसका नकारात्मक असरलाई घटाउन सहयोग पुर्‍याउँछ ।

    जीवनमा सामाजिक सञ्जालको पकड कम गर्ने रणनीति

    पहिलो चरण : आफ्नो सामाजिक सञ्जाल प्रयोगको प्रवृत्तिको निगरानी गर्नुहोस् :

    फोनबाट सबै सोसल मिडिया एप हटाउनु अघिको पहिलो कदम भनेको आफ्नो विगतको सोसल मिडिया प्रयोगको सिंहावलोकन गर्नु हो । एप्पल र गुगल दुबैले प्रयोगकर्तालाई उनीहरुले कुन एपमा कति समय बिताउँछन् भन्ने कुरा थाहा पाउने टूल्स उपलब्ध गराएका हुन्छन् ।

    एप्पलको स्क्रिन टाइम : आइफोनमा यो फिचरले एप प्रयोगको विस्तृत विवरण उपलब्ध गराउँछ जसमा प्रयोगकर्ताले निश्चित एपमा बिताएको कूल समय, सबैभन्दा धेरै चलाउने एपको जानकारीका साथै तपाइँले आफ्नो फोन कति छिटो छिटो खोल्नुहुन्छ भन्ने जानकारी यसले दिन्छ । साथै यसमा तपाइँले कुनैपनि एप दिनमा अधिकतम कति समयसम्म चलाउने भन्ने दैनिक समयसीमा पनि तय गर्न सक्नुहुनछ । यसरी समय सीमा सेट गर्दा तपाइँले हरेक दिन सोसल मिडियामा बिताउने समय काबुमा राख्न सक्नुहुन्छ ।

    गुगलको digital wellbeing : एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगलले यस्तो टूल उपलबध गराएको हुन्छ जसले स्क्रिन टाइम र एप प्रयोगको ट्रयाकिंग गर्दछ । यो ग्राफले तपाईंको दैनिक गतिविधिको दृश्यात्मक प्रस्तुति दिन्छ जसले तपाईंलाई आफ्नो बानी व्यहोरा बुझ्न र सुधार गर्ने क्षेत्र पहिचान गर्न सघाउँछ ।

    दोस्रो चरण : विषमुक्ति एप अर्थात् डिटक्स एपहरुको प्रयोग गर्नुहोस्

    तपाइँलाई सामाजिक सञ्जालको लतबाट मुक्ति दिलाउन वा सोसल मिडियाको प्रयोग घटाएर असल डिजिटल बानीका लागि उत्प्रेरित गर्नका लागि विभिन्न एपहरु उपलब्ध छन् । त्यसमध्येका केही यस्ता छन् :

    Dumb phone यो एपले फोनको होमस्क्रिनबाट अनावश्यक वा कम आवश्यक एपहरु हटाउँछ, जसका कारण फोन प्रयोगकर्तालाई जथाभावी स्क्रोल गर्न निरुत्साहित गर्दछ । साथै बारम्बार फोन उठाउने हुटहुटीलाई पनि कम गर्दछ । सोसल मिडिया तथा फोनको प्रयोगलाई घटाउने यो पहिलो शालिन तरिका हो ।

    Opal यो एपले प्रयोगकर्ताको ध्यान भंग गर्ने खालका एपलाई ब्लक गरेर सामाजिक सञ्जालको लतलाई घटाउन सहयोग गर्दछ । यसले स्क्रिन टाइम ट्रयाक गरेर तपाईंले कति समय फोनको स्क्रिनमा बिताउनुभयो भन्ने जानकारी पनि दिन्छ । साथै यसले लामो समय फोन प्रयोग गर्दाका नकारात्मक प्रभावको लेखाजोखा पनि गर्दछ । यो एपले तपाईंलाई आफ्नो प्रगतिका बारेमा साथीसँग अनुभूति शेयर गर्ने मौका पनि दिन्छ ।

    Forest रमाइलो तथा अन्तरक्रियात्मक एपको रुपमा रहेको यो एपले प्रयोगकर्तालाई फोनबाट टाढा रहन प्रेरित गर्दछ । तपाईंले केहीबेर फोन चलाउन छाड्नुभयो भने भर्चुअल रुख बढ्न थाल्छ । तर फोन प्रयोग गर्नुभयो भने रुख मर्दछ। धेरै भन्दा धेरै भर्चुअल रुख जम्मा गर्न सक्दा त्यसले भर्चुअल सिक्का प्राप्त हुन्छ।

    तेस्रो चरण : वास्तविक डिटक्स फोन चलाउनुहोस्

    सोसल मिडियाबाट सख्त रुपमा ब्रेक चाहनुहुन्छ भने dumb phone अर्थात् लाटो मोबाइल फोनको प्रयोग गर्नूहोस् । यसका लागि Nokia 2660 Flip जस्ता फोन उत्तम विकल्प हुनसक्छ, जुन स्मार्टफोन भैकन पनि अन्य आधुनिक स्मार्टफोन जस्तो ध्यान भंग गर्ने खालको हुँदैन । रेट्रो डिजाइन तथा सरल कार्यक्षमताले गर्दा यो फोन ती मानिसहरुको लागि आकर्षक विकल्प बन्न सक्छ जो वास्तवमै डिजिटल डिटक्सको खोजीमा हुन्छन् ।

    चौथो चरण : प्रष्ट लक्ष्य तय गर्नुहोस्

    यदि तपाईंले सामाजिक सञ्जालबाट आफुलाई पूर्णरुपमा अलग गनृ सम्भव छैन वा तत्काल चाहनुहुन्न भने पनि यसको प्रयोग कम गर्नका लागि क्रमिक रुपमा लक्ष्यहरु निर्धारण गर्नुहोस् । आफ्नो समयसीमाको बारेमा व्यवहारिक हुनुहोस् । हेक्का राख्नुहोस् कि सोसल मिडियाको लत तोड्नका लागि समय लाग्दछ । त्यसैले विशेष लक्ष्यहरु परिभाषित गर्नुहोस्, जस्तै, हरेक हप्ता स्क्रिन समयलाई २० प्रतिशतले कम गर्ने र प्रगतिको अनुगमन गर्नका लागि उल्लेखित टूलहरुको प्रयोग गर्ने ।

    विषमुक्तिलाई बुद्दिमत्तासँग जोड्नुहोस्

    तपाईंको सोसल मिडियाको लतलाई छुटाउनका लागि एप मात्रै सफल र पर्याप्त हुँदैनन् यदि तपाईंले त्यसलाई आफ्नो दैनिक जीवनको सचेत दृष्टिकोणसँग संयोजन गर्नुभएन भने । सामाजिक सञ्जालमा बिताउने समयलाई पठन, व्यायाम, खाना पकाउने वा प्रियजनहरुसँग समय बिताउने जस्ता क्रियाकलापले प्रतिस्थापन गर्नुहोस् । यस्ता कार्यहरुले तपाईंलाई भौतिक संसारसँग पुनः जोडिन र समग्र रुपमा मानसिक स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्दछ ।

    यी रणनीतिहरुलाई आत्मसात गरेर तपाईंले सामाजिक सञ्जालको प्रभावलाई कम गर्न र डिजिटल संसारसँग स्वस्थ र अर्थपूर्ण सम्बन्ध निर्माण गर्न सक्नुहुन्छ ।एजेन्सी

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend