images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा २ उपकुलपति...

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा २ उपकुलपति नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा २ उपकुलपति नियुक्त

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राडा धनेश्वर नेपाल र पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राडा वेदराज केसीलाई नियुक्त गरेका छन् ।

    images
    images

    दुवै विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार रिक्त उपकुलपतिमा नेपाल र केसीलाई नियुक्त गरेको उनको सचिवालयले जनाएको छ ।

    नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ ज्योतिष विभागका अध्यक्ष रहेका प्राडा नेपालले यस अघि विश्वविद्यालयका परीक्षा नियन्त्रक भएर समेत काम गरिसकेका छन् ।

    images
    images

    उनले नेपाल प्राध्यापक सङ्घ, नेपाल संस्कृत विश्वविद्यालयको महासचिव रहेर पनि काम गरिसकेका छन् । प्रजातन्त्रवादी प्राध्यापकका रूपमा सक्रिय नेपालले १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपकुलपतिमा नियुक्त भएका हुन् ।

    यसैगरी पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त केसीले १२ जना प्रतिस्पर्धीलाई पछि पार्दैै उपकुलपति नियुक्त भएका हुन् । केसी नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष हुन् । –रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend