images

२०८३ आश्विन २ गते

images
images
images

रसुवा भ्रमण गर्ने पर्यटकको संख्या २५ हजार नाघे

रसुवा भ्रमण गर्ने पर्यटकको संख्या २५ हजार नाघे

images
images
बुधवार, पौष १० २०८१
बुधवार, पौष १० २०८१
  • रसुवा– रसुवाको पवित्र तीर्थस्थल गोसाईकुण्ड र लाङ्टाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या पच्चीस हजार नाघेको छ।

    images
    images

    चालू आर्थिक वर्षको साउन देखि मंसिर सम्म जम्मा २५ हजार पाँच सय २१ पर्यटकले गोसाईंकुण्ड र लाङटाङ क्षेत्रको भ्रमण गरेको लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख श्याम कुमार साहले जानकारी दिए।

    यसरी रसुवा भ्रमण गर्न आउनेमा स्वदेशी तथा विदेशी गरी महिला नौ हजार एक सय तीन र पुरूष १६ हजार चार सय १८ रहेका छन्। त्यस्तै सार्क राष्ट्रका छ हजार एक सय ६७ जना विदेशी पर्यटक रसुवा घुम्न आएको निकुञ्जको विवरणमा उल्लेख छ।

    images
    images

    लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयले पर्यटक, वन पैदवार, न्यायिक दण्ड तथा जरिवाना, सरकारी सम्पतिको वहालबाट रु. दुई करोड २८ लाख सात हजार एक सय ८३ राजस्व संकलन गरेको जनाएको छ।

    निकुञ्ज क्षेत्र आसपासमा बसोबास गरिरहेका र अन्य जन्तुबाट अन्नबाली क्षति पु¥याएका ४३ किसानलाई नियमानुसार मुल्यांकनका आधारमा रु. चार लाख आठ हजार छ सय ५० राहत वितरण गरेको प्रमुख साहले बताए।

    निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउन स्थानीय निकुञ्जवासीको साथ सहयोग रहिआएको, शान्तिसुरक्षाको लागि तैनाथ श्रीनाथ गणबाट नियमित गस्ती भइरहेको, सुख्खायाममा लाग्ने डँडेलो नियन्त्रणका लागि जनचेतना जगाउने कामलाई प्राथमिकतामा राखेको र अग्नि नियन्त्रणका सामग्री सहित पूर्व तयारी अवस्थामा रहेको निकुञ्जले जनाएको छ।

    यसैगरी निकुञ्जले समग्र वन तथा वनस्पति एवं जैविक विविधताको संरक्षण गर्न समय सापेक्ष जनचेतना अभिवृद्धि गर्ने, रेडपाण्डा र हिम चितुवाको संरक्षणका लागि थप अध्ययन अनुसन्धान गराउने कामलाई प्राथमिकतामा राखेको छ।

    गोसाईंकुण्ड जादाँ काठे–लौरीको नाममा वनस्पति नकाट्न, पवित्र कुण्डमा स्नान गरेपछि शरीरमा लगाएका कुनै पनि वस्त्र कुण्ड आसपासका क्षेत्रमा नफ्याँक्न, कुण्ड तर्फ जाने क्रममा पैदल मार्गमा भेटिने जनावरलाई नजिस्क्याइ संरक्षण अभियानमा साथ दिन र तोकिएको स्थानका भाडामा मात्र फोहर राखी वातावरण संरक्षण कार्यमा साथ दिन सबै यात्रु तथा पर्यटकसमक्ष निकुञ्ज प्रमुख साहले अनुरोध गरे।

    धार्मिक शास्त्र अनुसार लौरी विनायकमा चढाउने लठ्ठीका लागि निगालो मात्र प्रयोग गर्न अनुरोध गर्दै भगवान शिव निलाद्रि पर्वत जाँदा बेदको लठ्ठी प्रयोग गरेकाले  भक्तजनले बाँस या नियालोको लठ्ठी प्रयोग गर्दा उपयुक्त हुने  प्रमुख साहले बताए।

    यसैगरी मालपोत कार्यालय रसुवाले जग्गा जमिनको कारोबार अन्तर्गत चालू आवको साउन देखि मंसिर सम्म पाँच सय १० थान रजिस्टे«शन पारित गरेको जनाएको छ।

    मालपोत अधिकृत गणेश श्रेष्ठका अनुसार जग्गा लेनदेन कारोबार अन्तर्गत एक सय ३९ धितो बन्धकको लिखत पारित भएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend