images

२०८३ आश्विन २ गते

images
images
images

कैलालीमा जालपादेवी केबलकार बनाउँदैछ आईएमई समूह

कैलालीमा जालपादेवी केबलकार बनाउँदैछ आईएमई समूह

images
images
आइतवार, पौष १४ २०८१
आइतवार, पौष १४ २०८१
  • काठमाडौं ।  कैलालीको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शिलान्यास भएको छ। शनिबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लम्कीचुहा नगरपालिका-३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको शिलान्यास गरेकी हुन्। 

    images
    images

    शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले जालपादेवी केबलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने बताइन्।

    उनले भनिन्, 'सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी छ। प्राकृतिक स्रोत एवं सम्पदाहरूले यो भूगोल जति सम्पन्न छ त्यति नै यहाँका नागरिकमा सांस्कृतिक एकता र सद्भाव पनि छ। यसकारण मुलुकको सुदूरपश्चिम क्षेत्रका समुदायहरू विकासप्रेमी पनि छन्।'

    images
    images

    मन्त्री राणाले यस आयोजनालाई समयमै सम्पन्न गर्नका लागि आवश्यक सहयोग गरी सुदूरपश्चिम क्षेत्रका नागरिकको सहयोगको भावनालाई दर्साउन सबैमा अपिल पनि गरिन्। 

    त्यसैगरी उनले यो आयोजना समयमै सम्पन्न गर्न तथा आगामी दिनमा यो क्षेत्रका सम्भावना र आवश्यकता हेरेर यो क्षेत्रमा पर्यटनलगायतका पूर्वाधारहरूमा बढीभन्दा बढी लगानी गर्न पनि आग्रह गरिन्।  'काठमाडौंको चन्द्रागिरिदेखि नेपालका सातै प्रदेशमा केबलकार तथा पर्यटन पूर्वाधारहरू निर्माण गरिरहेको आईएमई ग्रुपजस्तो व्यावसायिक समूहलाई सुदूरपश्चिम प्रदेशमा हार्दिक स्वागत गर्न चाहन्छु,' उनले भनिन्।

    जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक  मुलुकको कायापलट गर्न सम्भव रहेका बताए। उद्योग बाणिज्य महासंघका समेत अध्यक्ष रहेका उनले भने, 'पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्छ। पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ। थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ। थप रोजगारी सिर्जना गर्न सकिन्छ। थप राजस्व उठाउन सकिन्छ र हामीले अपेक्षा गरेको आर्थिक विकास र समृद्धि हासिल गर्न सकिन्छ।'

    उनले पर्यटनले अन्य सेवा क्षेत्रको तुलनामा धेरै रोजगारी सिर्जना गर्छ र यसबाट राजस्व पनि बढी सिर्जना हुने बताए। अध्यक्ष ढकालले केबलकार पर्यटन सर्किट बनाउने आफ्नो लक्ष्यलाई जालपादेवी केबलकार निर्माणको शिलान्यासले नयाँ उत्साह थपेको बताए। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend