images

२०८३ आश्विन २ गते

images
images
images

बुध्द एयरले १ वर्षमा दियो साढे २६ लाखलाई सेवा, यात्रुको संख्या बढ्दासमेत किन घट्यो बजार हिस्सा ?

बुध्द एयरले १ वर्षमा दियो साढे २६ लाखलाई सेवा, यात्रुको संख्या बढ्दासमेत किन घट्यो बजार हिस्सा ?

images
images
शुक्रवार, पौष २६ २०८१
शुक्रवार, पौष २६ २०८१
  • काठमाडौं । आन्तरिक उडानको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले पछिल्लो एक वर्ष (सन् २०२४)मा २६ लाख ४८ हजार यात्रुलाई सेवा दिएको छ ।आन्तरिक हवाई यात्रु तीन लाखले बढ्दा बुध्द एयरको उपस्थिति भने खुम्चिन पुगेको छ ।

    images
    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फबाट बुध्द एयरले पछिल्लो एक वर्षमा दिएको यस्तो यात्रु सेवा अघिल्लो वर्ष सन् २०२३ को तुलनामा बढेको भए पनि बजार हिस्सा भने करिब तीन प्रतिशतले घटेको छ । यो अवधिमा बुध्द एयरको बजार हिस्सा ६२.१० प्रतिशतबाट घटेर ५९.२४ प्रतिशतमा झरेको हो ।

    बुध्द एयरले सन् २०२४ मा दिएको यात्रु सेवा अघिल्लो वर्ष २०२३ को तुलनामा ७१ हजार ४६ जना बढी देखिएको छ । यो यात्रु सेवाको सख्ंया भने अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा २.७५ प्रतिशतले बढेको देखिएको छ । बुध्दले यात्रु उडान संख्या बढाउन सफल भएको, कुल आन्तरिक उडानका यात्रुको संख्या बढेको भए पनि समग्रमा बजारमा आफ्नो उपस्थिति भने २.८६ प्रतिशतले घटेको देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको सन् २०२४ को हवाई उडानको तथ्यांकले देखाएको छ ।

    images
    images

    तथ्यांकअनुसार यात्रु सेवाको संख्या बढ्दासमेत बुध्द एयरको बजार हिस्सा भने घट्न पुगेको हो । समग्रमा आन्तरिक उडानका हवाई यात्रुको संख्या भने तीन लाख २० हजार ४८५ ले बढेको छ । सन् २०२४ मा आन्तरिक उडानका वायुसेवा कम्पनीहरुले दिएको यात्रु सेवा ४४ लाख ७० हजार ८११ छ । यो संख्या हेलिकप्टर कम्पनीले गरेको उडान संख्या ५४ हजार ८२७ यात्रु समेत हो ।

    सन् २०२३ को तुलनामा सन् २०२४ मा आन्तरिक उडानका हवाई उडानको सख्ंया ७.७२ प्रतिशतले बढेको छ । आन्तरिक उडानका वायुसेवाले गत वर्ष ४१ लाख ५० हजार ३२६ रहेको थियो । यस्तो यात्रु सेवाको संख्या यो वायुसेवाको सन् २०२२ मा २३ लाख ८७ हजार ८१२ रहेको थियो ।आन्तरिक उडानमा बुध्द एयरको यात्रु उडान संख्या बढेको र जहाज संख्यासमेत बढेर १८ वटा छ । अरु आन्तरिक उडानका वायुसेवाको तुलनामा सेवा र सुविधामा एकल पकड बनाउन सकेको भए पनि पछिल्लो समय अरु एयरलाइन्सको सेवा विस्तार बढेका कारण बुध्द एयरको बजार हिस्सा घटेको हो ।

    बुध्द एयरको यस्तो यात्रु सेवा २०२२ मा भने २४.८१ प्रतिशतले बढेको भए पनि सन् २०२३ र २४ मा भएको यात्रु सेवाको वृद्धिदरसमेत घटेको छ ।आन्तरिक उडानको अर्को अग्रणी वायुसेवा कम्पनी यति एयरलाइन्सको यात्रु सेवा भने गत वर्ष सन् २०२३ को तुलनामा २ लाख ३३ हजार ६१२ ले बढेको छ । यस्तो यात्रु सेवाको वृद्धिदर यति एयरको हकमा भने ३२.५८ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार यति एयरको बजार हिस्सा बढ्दा बुध्दको घटेको देखिएको छ । सन् २०२४ मा ९ लाख ५० हजार यात्रुलाई सेवा दिएको यतिले सन् २०२३ मा ७ लाख १७ हजारलाई यात्रुलाई मात्रै सेवा दिएको थियो ।

    आन्तरिक वायुसेवाको यात्रु उडान यात्रु उडान संख्या २०२३ यात्रु उडान संख्या २०२४
    बुद्ध एयर 2577618 2648664
    यती एयर 717030 950642
    श्री एयरलाइन्स 605338 694198
    सौर्य एयर 122571 58745
    तारा एयर 18678 19890
    सीता एयर 21002 17432
    गुण एयरलाइन्स 6037 0
    नेपाल वायुसेवा निगम 13278 11275
    समिट एयर 17069 15138
    हेलिकप्टर 51705 54827
    कुल 4150326 4470811

    यतिको यात्रु सेवा अघिल्लो वर्ष २०२२ को तुलनामा सन् २०२३ मा करिब २ लाखले घटेको थियो भने सन् २०२४ मा आउँदा यो वायुसेवाले उल्लेख्य प्रगति गरेको छ । यतिले सन् २०२२ मा ९ लाख ३७ हजार यात्रुलाई सेवा दिएको थियो ।

    आन्तरिक उडानको श्री एयरलाइन्सले पनि सन् २०२४ मा ६ लाख ९४ हजार यात्रुलाई सेवा दिएको छ । यो वायुसेवाको यस्तो यात्रु सेवा अघिल्लो वर्षको तुलनामा ८९ हजारले बढेको छ । अघिल्लो वर्ष सन् २०२२ मा श्रीको यात्रुसेवा ६ लाख ५ हजार ३३८ थियो ।आन्तरिक उडानमा सीता एयरको यात्रु सेवा भने घटेको छ । यो वायुसेवाले सन् २०२४ मा १७ हजार ४३२ यात्रुलाई सेवा दिएको छ । यसले सन् २०२३ मा २१ हजार यात्रुलाई सेवा दिएको थियो ।

    राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम आन्तरिक उडानमा भने निकै कमजोर हुँदै गएको छ । निगमले सन् २०२४ मा जम्मा ११ हजार २७५ यात्रुलाई मात्रै सेवा दिएको छ । यस्तो यात्रु सेवा अघिल्लो वर्ष सन् २०२३ मा १३ हजार २७८ थियो ।जहाज संख्या कम भएको र दुर्गम क्षेत्रमा मात्रै उडान गर्ने साना जहाजका कारण यो वायुसेवाले यात्रु सेवा संख्या वर्षेनी घटाउँदै गएको छ । यो वायुसेवाले अघिल्लो वर्ष सन् २०२२ मा भने १७ हजार ४१७ यात्रुलाई सेवा दिएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend