images

२०८३ आश्विन २ गते

images
images
images

नेपाटपले मनायो ललितपुरमा २५ औँ वार्षिकोत्सव

नेपाटपले मनायो ललितपुरमा २५ औँ वार्षिकोत्सव

images
images
आइतवार, पौष २८ २०८१
आइतवार, पौष २८ २०८१
  • ‍काठमाडौं ।  नेपाटपले २५ औँ वार्षिकोत्सव मनाएको छ । कम्पनीले शनिवार आफ्नो २५ औँ वार्षिकोत्सव ललितपुरमा एक कार्यक्रम गरेर मनाएको हो । 

    images
    images

    वार्षिक उत्सवको कार्यक्रममा कम्पनीले आफ्ना वितरक र डिलरहरूलाई सम्मानसमेत गरेको थियो । वार्षिक उत्सव कार्यक्रमको प्रमुख अतिथिको नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष कमलेश कुमार अग्रवाल थिए । अग्रवालले नेपाटपले २५ औँ वर्ष पुरा गरेकोमा बधाई तथा शुभकामना पनि दिएका थिए । 

    कार्यक्रममा कम्पनीका अध्यक्ष दिपक श्रेष्ठले नेपापटले २५ औँ वार्षिकोत्सव मनाउन सफल भएको खुसी व्यक्ति गरेका थिए । विगतमा दुई साथी मिलेर ट्यांकी बनाउँदाको दिनदेखि २५ वर्षसम्म पुगेको इतिहास पनि श्रेष्ठले स्मरण गरेका थिए । 

    images
    images

    अध्यक्ष श्रेष्ठले नेपाटप उत्कृष्ट प्रोडक्टहरु उत्पादन गरेकाले गर्दा आजको दिनमा यो स्थानसम्म आउन सकेको बताएका थिए । आफ्नो यात्रामा साथ दिने सबैलाई श्रेष्ठले कम्पनीको तर्फबाट धन्यवाद समेत दिएका थिए । 

    कार्यक्रममा नविल बैंकले विगत देखिनै वित्तीय रूपमा कम्पनीलाई सहयोग गरेकाले गर्दा सम्मान गरिएको थियो । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend