images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • शिक्षा मन्त्रालयको नियम विपरीत सेवा प्रदान...

शिक्षा मन्त्रालयको नियम विपरीत सेवा प्रदान नगर्न कन्सलटेन्सीलाई चेतावनी

शिक्षा मन्त्रालयको नियम विपरीत सेवा प्रदान नगर्न कन्सलटेन्सीलाई चेतावनी

images
images
मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा प्रदायक संस्थाहरू (कन्सलटेन्सी) लाई नियम विपरीत सेवा प्रदान नगर्न चेतावनी दिएको छ।

    images
    images

    मन्त्रालयले सोमबार सूचना जारी गर्दै नियमभित्र रहेर सेवा प्रदान गर्न आग्रह गरेको हो। स्वदेश वा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरू अनुकूल शिक्षण संस्था छनोट तथा प्रवेशको लागि तयारी गर्ने प्रयोजनार्थ शिक्षा मन्त्रालयबाट सेवा सञ्चालन अनुमति पाएका संस्थाहरूले अनुमति दिएको स्थानभन्दा बाहिर सेवा प्रदान गरिरहेको, अनुमति प्राप्त नभएको स्थानमा शाखा सञ्चालन गरेको जानकारी प्राप्त भएको मन्त्रालयले सूचनामा उल्लेख गरेको छ।

    अनुमति पाएको विषय, क्षेत्र र स्थान बाहेक अन्य क्षेत्र वा विषय वा स्थानमा शाखा खोली सेवा प्रदान नगर्न मन्त्रालयले आग्रह गरेको छ।

    images
    images

    शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका, २०७३ ले दिएको अधिकार क्षेत्र बाहिर गएर यस्ता कार्यसम्पादन गरेमा सोही निर्देशिकाको दफा ६ बमोजिम संस्थाको स्वीकृति रद्द गर्ने मन्त्रालयले चेतावनी दिएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend