images

२०८३ आश्विन २ गते

images
images
images
  • स्वास्थ्य
  • वीर अस्पतालका निर्देशक डा. सन्तोषद्वारा...

वीर अस्पतालका निर्देशक डा. सन्तोषद्वारा दुई वर्षको कार्यप्रगति विवरण सार्वजनिक

वीर अस्पतालका निर्देशक डा. सन्तोषद्वारा दुई वर्षको कार्यप्रगति विवरण सार्वजनिक

images
images
बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • काठमाडौँ । डा. सन्तोष पौडेलले वीर अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेको दुई वर्ष पुगेको छ । दुई वर्षको अवधिमा आफूले विभिन्न सुधार गरेको भन्दै कार्यकारी निर्देशक पौडेलले आफ्नो कार्यप्रगति विवरण सार्वजनिक गरेका छन् ।

    images
    images

    २०७९ फागुनमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएका पौडेलले बिहान साढे ८ बजेबाट ओपीडी सञ्चालन गरिएको, फार्मेसी सेवाको टेन्डरलाई नयाँ ढंगले व्यवस्थित गरेको जिकिर गरेका छन् ।२४ घण्टे इमर्जेन्सी ल्याबलाई नयाँ सर्किजल भवनमा सारेर सेवाको दायरा फराकिलो पारिएको, मेडिकल भवनमा पनि नयाँ आन्तरिक फार्मेसी थपिएको र हाल ५ स्थानबाट फार्मेसी सेवा सुचारु गरिएको उनले दाबी गरेका छन् ।

    निर्देशक डा. पौडेलले उल्लेख गरेका सुधारका कार्य

    images
    images

    १. कार्यभार सम्हाल्दाको पहिलो निर्णय ‘डा केडी जोशी बर्न सेन्टर’ सञ्चालनमा ल्याइएको, जसमा बर्न प्लास्टिक ओटी, आईसीयू तथा वार्ड (१५ बेडको) रहेको । राष्ट्रियस्तरमै जलनको उपचारलाई निःशुल्क गर्न पैरवी गरेको ।

    २. सर्जिकल भवन पूर्ण रूपमा सञ्चालनमा आएको । सम्पूर्ण सर्जरीका वार्ड, ओटी, आईसीयु सर्जिकल भवनमा सरिएको ।

    ३. विशिष्टीकृत वार्डहरू सञ्चालनमा ल्याइएको ।⁠ ज्येष्ठ नागरिक वार्ड, न्यूरो इन्डो, चेस्ट वार्ड, हेपाटोलोजी वार्ड, हेमाटोलोजी वार्डजस्ता विशेष वार्ड सञ्चालनमा आएको ।

    ४. विभिन्न विधाका विशिष्टीकृत सघन उपचार कक्षहरू सञ्चालनमा ल्याएको ।

    ५. ब्लड सेम्पल कलेक्सन काउन्टरलाई खुला र सजिलो ठाउँमा सारेर व्यवस्थित गरेको । जसले गर्दा भिडभाड व्यवस्थित भएको । बिहान ७ बजेदेखि नै ब्लड सेम्पल कलेक्सन सेवा सुरु गरिएको छ ।

    ६. ओपीडी बिहान ८ ः३० देखि नै सञ्चालन गरिएको छ । हाल ८ः३० देखि नै सुरु हुने कार्यालय समय पालनालाई कडाइ गरिएको । सेवा समयलाई आधार मानी सेवा विस्तार भत्ता उपलब्ध गराइएको ।

    ७. ⁠कवाडी सामानको लिलाम गरेको । १ करोड ६१ लाखमा कवाडी टेन्डरको टुङ्गो लागि हटाउन सुरु गरिएको ।

    ८. ⁠प्रत्येक आइतबार रक्तदान कार्यक्रम सुरु गरेको ।

    ९. फार्मेसी सेवाको टेन्डरलाई नेपालमै नयाँ ढंगले व्यवस्थित गरेको । पछिल्लो ६ महिनामा अस्पतालले ८ करोडभन्दा बढी मुनाफा गर्न सकेको । ⁠⁠सर्जिकल भवनमा फार्मेसी थप गरिएको ।

    १०. इमर्जेन्सीमा ट्राइएज सिस्टम लागू गरिएको छ साथै रेड जोन, यलो जोन र ग्रीन जोन गरी सेवा प्राथमिकीकरण गरिएकाले यसले सेवाको गुणस्तरमा फट्को मारेको छ ।

    ११. २४ घण्टे इमर्जेन्सी ल्याबलाई नयाँ सर्जिकल भवनमा सारिएसँगै सेवाको दायरा फराकिलो पारिएको छ ।

    १२. ⁠ओपीडी तथा आकस्मिक कक्षका शौचालयको मर्मत सम्भार गरिएको । बन्द शौचालयहरू मर्मत गरी पुनः प्रयोगमा ल्याइएको । सर्जिकल भवनका भुइँतलाको साथै अधिकांश शौचालय सर्वसाधारणका लागि खुला गरिएको छ, जुन पहिले बन्द थिए ।

    १३. महानगरपालिकाले भत्काएको पुराना फार्मेसीका सटरको भग्नावशेष सरसफाइ गरी बगैँचा बनाइएको छ । अस्पताल वरिपरि सरसफाइ र बगैँचा निर्माण ।

    १४. ⁠सामाजिक सेवालाई भुई तलामा सारेर सेवाग्राही मैत्री बनाइएको छ । ⁠स्वास्थ्य बीमाको काउन्टर थप गरिएको । ⁠कुन सेवा कहाँ छ भनेर सेवाग्राहीले बुझ्ने गरी भित्ते लेखन गरेको ।

    १५. प्रदेश सरकारहरूसँग कडा रोगको उपचार सम्बन्धी सम्झौता गरिएको । बिरामीले थप राहत पाएको ।

    १६. ⁠टिकट काउन्टरहरू र बिलिङ काउन्टर तलापिच्छे थप गरेको साथै बिहान ७ बजेदेखि नै टिकट खुला गरेको । आलाइन टिकेटिङ सुरु गरी व्यवस्थित गरेको ।

    १७. ⁠साँझको समय ४ देखि ८ बजेसम्ममा एक्टेन्डेड हेल्च सर्भिस सञ्चालन गरेको तर जनशक्ति अभावमा रोकिएको सो सेवा टोमोथेरापी र डेण्टल सेवाबाट पुनः सञ्चालनको तयारी गरिएको ।

    १८. ⁠ओपीडीमा ह्वील चियर ट्रलीको व्यवस्था । भिजिटरहरू बस्नको लागि आरामदायी बेन्चको व्यवस्था गरिएको ।

    १९. सार्वजनिक बिदामा पनि एमआरआई सेवा सुरु गरिएको । अस्पतालमा लामो समय पालो कुर्नु परेमा निजी संस्थासँगको सहकार्यमा वीरकै दररेटमा सेवा सुनिश्चित गरिएको ।

    २०. सबै कर्मचारीको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । ⁠अप्रेसन थिएटरमा सबैलाई खाजाको व्यवस्था ।⁠ सर्जिकल भवन लगायत विभिन्न ठाउँमा कर्मचारीको लागि ई–हाजिरी मेसिन राखिएको ।

    २१. आरोग्य क्लिनिक सञ्चालनमा ल्याइएको । ग्यास्ट्रो सर्जिकल ओपीडी हप्तामा २ दिनबाट ४ दिन बनाइएको । नयाँ पेन क्लिनिक सञ्चालनमा ल्याएको । प्लास्टिक सर्जरी र सीटीभीएस ओपीडी नयाँ स्थानबाट सुरु गरिएको । ⁠अङ्कोलोजी क्यान्सर ओपीडी तेस्रो तलामा व्यवस्थित गरिएको । टोमोथेरापी र मेमोग्राम जस्ता नयाँ सेवा सञ्चालनमा आएको । साईक्याट्रिक ओपीडीलाई पहिलो तलाबाट सञ्चालन ।

    २२. भूकम्पपछि रोकिएका सम्पूर्ण सर्जरी सेवा सुचारु भएको । अर्थोपेडिक र प्लास्टिकको सर्जरी सेवा पनि वीर अस्पतालबाट पुनः सुचारु गरेको ।

    २३. मुटुरोग विभागमा क्याथल्याब सेवा सुरु गरिएको । नियमित एन्जियोप्लास्टी सेवा सुचारु भएको ।

    २४. इमर्जेन्सीको पुनर्निर्माण र पथ्य शाखाको निर्माणको कार्यको ठेक्का लागेर सम्झौता अगाडि बढेको । ६ महिनाभित्र ७५ बेडको स्मार्ट इमर्जेन्सी र फराकिलो अस्पताल चमेना गृह बन्ने ।

    २५. सेवाको गुणस्तरका लागि एन्ठीमाइक्रोबिल स्टेवार्डसिप लागु गरेको । एकेडेमिक ग्राण्ड राउण्ड सुरुवात गरेको ।

    २६. खरिद कार्यलाई व्यवस्थित गरिएको, लामो समयदेखि रोकिएका साल–बसाली हुनैपर्ने ठेक्कालाई नियमित गरेको । १० लाखभन्दा कमका खरिदमा पनि अनलाइन विधिबाट टेन्डर गरिएको ।

    २७. अस्पतालको आन्तरिक आय आर्थिक वर्ष २०७९÷८० मा ५४ करोड रहेकोमा आर्थिक वर्ष २०८०÷८१ मा २५ करोड बढाएर ७९ करोड पु¥याइएको । यस वर्ष कमसे कम १ अर्ब पु¥याउने लक्ष्य रहेको ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend