images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • एभेन्टिस ग्र्याजुएट स्कूल, सिंगापुर र इम्बार्क...

एभेन्टिस ग्र्याजुएट स्कूल, सिंगापुर र इम्बार्क कलेज पुल्चोक बीच समझदारी पत्रमा हस्ताक्षर

एभेन्टिस ग्र्याजुएट स्कूल, सिंगापुर र इम्बार्क कलेज पुल्चोक बीच समझदारी पत्रमा हस्ताक्षर

images
images
बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • काठमाडौँः २३ माघ, सिंगापुरस्थित एभेन्टिस ग्र्याजुएट स्कूल र इम्बार्क कलेज, पुल्चोकबीच अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यको प्रवर्द्धन गर्ने उद्देश्यले एक महत्वपूर्ण समझदारी पत्रमा मंगलबार हस्ताक्षर भएको छ।

    images
    images

    समझदारी पत्रमा दुवै संस्थाका विद्यार्थी र प्राध्यापकहरू बीच आदानप्रदान, व्यवस्थापनको क्षेत्रमा दुबै संस्थाबीच अनुसन्धानात्मक सहकार्य, उद्यमशिलता प्रवर्द्धन, विद्यार्थी, पेशागत व्यक्ति र उद्योग क्षेत्रका सरोकारवालाहरूलाई प्रत्यक्ष फाइदा पुर्‍याउन छोटो अवधिका विशेष पाठ्यक्रमहरू सञ्चालन र जेनेरेटिभ एआई प्रविधिको अध्ययन र अनुप्रयोगमा सहकार्य गर्ने योजना समावेश गरिएको छ। समझदारीपत्रमा इम्बार्क कलेज, पुल्चोकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा कार्यकारी निर्देशक आशिष ठाकुर र एभेन्टिस ग्र्याजुएट स्कूल, सिंगापुरको तर्फबाट जेनेरल म्यानेजर सामुएल टियो ले हस्ताक्षर गरेका छन् ।
     
    यस सम्झौताले विद्यार्थीहरूलाई उद्यमशीलता विकासका लागि इन्क्युबेटर, एक्सलरेटर, र परामर्श अवसरहरू पनि उपलब्ध गराउनेछ। साथै, जेनेरेटिभ एआई प्रविधिहरूमा सहकार्य गरी अनुसन्धान केन्द्रहरूको स्थापना, नवाचार प्रयोगशालाहरूको विकास, र उद्योग साझेदारीहरूको विस्तार गर्ने योजना रहेको छ।

    सम्झौता हस्ताक्षर समारोहमा प्रमुख कार्यकारी अधिकृत तथा कार्यकारी निर्देशक  आशिष ठाकुरले दुई संस्थाबीचको यस सहकार्यले अनुसन्धानात्मक कार्यहरूमा नयाँ सम्भावनाहरूको ढोका खोलेको भन्दै यसलाई दीर्घकालीन रूपमा कायम राख्नका लागि संयुक्त कार्यक्रमहरूको आवश्यकतामा जोड दिए । साथै, यो समझदारीले विद्यार्थी र प्राध्यापकहरूलाई एकआपसमा मिलेर अनुसन्धानात्मक कार्यहरू गर्न तथा नेपाल र सिङ्गापुर बीच ज्ञानको सेतु निर्माण गर्दै दुवै देशका विद्यार्थी र शिक्षकहरूका लागि वैश्विक अवसर प्रदान गर्ने र दुवै संस्था लाभान्वित हुने
    बताए । 

    images
    images

    एम्बार्क कलेजले बेलायतको युनिभर्सिटी अफ रोहम्पटनसँग साझेदारीमा चार बर्षे बीएस्सी बि.एम र दुई बर्षे एमबीए कार्यक्रमहरू संचालन गर्दै आएको छ ।अन्तर्राष्ट्रिय शिक्षा र विश्वव्यापीकरणको बढ्दो भूमिकालाई ध्यानमा राख्दै, एम्बार्क कलेज र एभेन्टिस ग्राजुएट स्कूलको यो सहकार्यले विद्यार्थीहरूलाई विश्वव्यापी स्तरमा प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend