images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • यी हुन्  काठमाडौं विश्वविद्यालयको उपकुलपतिका...

यी हुन्  काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिने २० जना

यी हुन्  काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिने २० जना

images
images
शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • काठमाडौं ।  काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिनेको संख्या २० पुगेको छ। उपकुलपति नियुक्तिका लागि कुलपतिसमक्ष नाम सिफारिस गर्न गठित सिफारिस समितिले कार्यविधि संशोधन गर्दै आवेदनको म्याद थपेपछि थप ४ जनाले आवेदन दिएका छन्।पछिल्लो समयमा आवेदन दिने ४ र कार्यविधि संशोधन अघि आवेदन दिने १६ गरी उपकुलपतिका लागि अब २० जना प्रतिस्पर्धामा देखिएका छन्।

    images
    images

    कार्यविधि संशोधनपछि आवेदन दिनेहरुमा प्राडा गेहनाथ बराल, प्राडा राजेन्द्रप्रसाद कोजू, प्राडा अजय रिसाल र प्राडा दीपक श्रेष्ठ हुन्। यसअघि उपकुलपतिका लागि आवेदन दिएका १७ जनामध्ये एक जनाको आवेदन भने अस्वीकृत भएको थियो।केयूका पूर्व उपकुलपति प्राडा सुरेशराज शर्माको संयोजकत्वमा रहेको समितिले गत पुस १८ गते दरखास्त आह्वान गरेको थियो। समितिमा प्राडा अर्जुन कार्की र पूर्वा शिक्षा सचिव जनार्दन नेपाल सदस्य छन्। केयूका हालका उपकुलपति भोला थापाको कार्यकाल माघ ६ गतेबाट सकिँदै छ। 

    छनोट समितिले २० जनामध्येबाट ३ जनाको नाम छनोट गरी कुलपति समक्ष सिफारिस गर्ने छ। समितिले सिफारिस गरेको तीन जनामध्ये एक जना उपकुलपति नियुक्त हुने छन्।vc notice 16 jana.jpg

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend