images

२०८३ आश्विन २ गते

images
images
images

पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोह बिहीबार

पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोह बिहीबार

images
images
मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • काठमाडौं  ।पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोह आगामी फागुन ८ (फेब्रुअरी २०, २०२५) मा पोखरा–३०, खुदी, ढुंगेपाटनस्थित विश्वविद्यालय प्राङ्गणमा हुने भएको छ । समारोहको प्रमुख आतिथ्यता शिक्षाविद् जोर्ज जोनले गर्नेछन् भने अध्यक्षता प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले गर्नेछन् ।

    images
    images

    दीक्षान्त समारोहमा ७,८७२ विद्यार्थी दीक्षित हुनेछन् । त्यसमध्ये ३० जनाले विशिष्ट पदक प्राप्त गर्नेछन् भने ७४५ विद्यार्थीलाई डीन लिस्टको उपाधिबाट सम्मान गरिनेछ । विश्वविद्यालयका ४ आंगिक क्याम्पस, ३ संयुक्त आंगिक क्याम्पस र ५८ सम्बन्धनप्राप्त कलेजहरूमा हाल ६८ कार्यक्रम सञ्चालनमा रहेका छन्, जसमा करिब ४० हजार विद्यार्थी अध्ययनरत छन् ।

    पछिल्लो वर्षको तुलनामा विद्यार्थी संख्या ३८ प्रतिशतले वृद्धि भएको विश्वविद्यालयले जनाएको छ । त्यस्तै, समयानुकूल पाठ्यक्रम परिमार्जन, तोकिएको मितिमा परीक्षा तथा परीक्षाफल प्रकाशनले विद्यार्थी आकर्षण बढेको बताइएको छ । विश्वविद्यालयले वार्षिक रूपमा १५ सयभन्दा बढी विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति प्रदान गर्दै आएको छ ।दीक्षान्त समारोहमा विश्वविद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाहरूको सहभागिता रहने छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend