images

२०८३ आश्विन २ गते

images
images
images

विमानस्थलमा दुई पांग्रे सवारीले प्रतिघण्टा ४० रुपैयाँ तिर्नुपर्ने गरी पुनः ठेक्का आह्वान

विमानस्थलमा दुई पांग्रे सवारीले प्रतिघण्टा ४० रुपैयाँ तिर्नुपर्ने गरी पुनः ठेक्का आह्वान

images
images
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गर्ने यात्रुले पुनः चर्को शुल्क तिर्नु पर्ने गरी पार्किङको ठेक्का लाग्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई पांग्रे सवारी साधनलाई नै प्रतिघण्टा ४० रुपैयाँ तिर्नुपर्ने गरी पार्किङको ठेक्का लगाउने भएको छ ।

    images
    images

    प्राधिकरणले लगाएको ठेक्का गत भदौमा सकिएको थियो । नयाँ ठेक्का नलागेकोले प्राधिकरणले यस अघिकै ठेकेदार सिद्धगढी मारुती जेभी प्रालिलाई निरन्तरता दिएको छ । अब भने प्राधिकरणले नयाँ ठेकेदार छनोट गर्ने र जसले बढी रकम कबोल गर्छ उसैलाई दिने तयारी गरेको छ ।

    प्राधिकरणले त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल अगाडि र विमानस्थलको अपरेसन/एयरलाइन्स भवन अगाडिको ७ हजार ७५५ वर्गमिटरमा पार्किङ गर्न पाउने गरी ठेक्का आह्वान गरेको छ । प्राधिकरणले आइतबार मागेको ठेक्का लागि ३० दिनको समय दिएको छ ।प्राधिकरणले मागेको यो पार्किङको ठेक्काको लागि न्यूनतम १२ करोड ९८ लाख रुपैयाँ कबोल गर्नुपर्ने छ । सो भन्दा बढी रकम जुन कम्पनीले दिन्छ उसैलाई दिने तयारी भएको पनि प्राधिकरणले जानकारी दिएको छ ।

    images
    images

    प्राधिकरण अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाले अहिलेको कम्पनीको ठेक्का अवधि सकिएकोले नयाँ ठेकदार छनोट गर्न सार्वजनिक आह्वान गरिएको जानकारी दिए । उनले प्राधिकरणको आम्दानीको स्रोत बढाउन विमानस्थल सेवा शुल्क नियमावली २०७८ संशोधन गरेर शुल्क बढाएको पनि बताए ।

    प्राधिकरणले २ वर्ष अगाडि नै शुल्क वृद्धिको निर्णय गरेर चालु आवको भदौबाट मात्रै कार्यान्वयन गरेको थियो । प्राधिकरणले १ मंसिर ०७९ देखि विमानस्थलको पार्किङ शुल्क बढाउने निर्णय गरेको भए पनि अस्वभाविक रुपमा वृद्धि गरेको र वायुसेवाका कर्मचारीलाईसमेत अनिवार्य पार्किङ शुल्क असुल गर्ने व्यवस्था गरेको हो । सोही बढेको शुल्कमा पुनः ठेक्का गरेर नयाँ कम्पनी छनोटको तयारी उड्डयन प्राधिकरणले गरेको हो ।नयाँ पार्किङ शुल्कअनुसार त्रिभुवन विमानस्थलमा मोटरसाइकल तथा स्कुटर पार्किङ गरेको प्रतिघण्टा ४० र प्रतिदिन २४० रुपैयाँ तोकिएको छ । यही शुल्क अब आउने ठेकेदारले पनि लिन पाउँछन् ।

    कार जिप, भ्यानले प्रतिघण्टा ८० रुपैयाँ र प्रतिदिन ४८० रुपैयाँ तिर्नुपर्छ । हल्का सवारी साधानले प्रति घण्टा एक सय रुपैयाँ, प्रति दिन ६८० रुपैयाँ, बस ट्रकले प्रति घण्टा १५० रुपैयाँ र प्रति दिन नौ सय रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्ने छ । शुल्कलाई आधार बनाएर प्राधिकरणले नयाँ ठेकेदार छनोट गर्दै छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend