images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • काठमाडौँ विश्वविद्यालयले विदेशमा अध्ययन पुरा...

काठमाडौँ विश्वविद्यालयले विदेशमा अध्ययन पुरा नगरेकालाई पुनः पढ्न दिने

काठमाडौँ विश्वविद्यालयले विदेशमा अध्ययन पुरा नगरेकालाई पुनः पढ्न दिने

images
images
मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले विदेशमा अध्ययन पुरा गर्न नपाएका विद्यार्थीहरूलाई पढ्न दिने भएको छ । त्यसका लागि विश्वविद्यालयले ओपन हाउस छलफलको आयोजना गरेको छ । 

    images
    images

    विविध कारणले विदेशका विश्वविद्यालयमा अध्ययनलाई निरन्तरता दिन नपाएका विद्यार्थीहरूलाई नेपालमै पढ्न चाहेको खण्डमा क्रेडिट ट्रान्सफरको अवसर दिने भएको हो । त्यही विषयमा छलफल गर्न ओपन हाउस छलफलको आयोजना गरेको हो । विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययन निरन्तरतामा विविध कारणले समस्या भोगिरहेका विद्यार्थीहरूलाई अध्ययन पूरा गर्न यथासम्भव सहयोग गर्ने उद्देश्यले वस्तुस्थिति बुझ्नका लागि विश्वविद्यालयले छलफल गर्न लागेको हो । 

    विदेशी विश्वविद्यालयमा अध्ययन गरिसकेका विधा र विषयहरूमा काठमाडौँ विश्वविद्यालयको नियमानुसार योग्य विद्यार्थीहरूले क्रेडिट ट्रान्स्फर एवं क्रेडिट सङ्कलन (Credit Accumulation)  प्रक्रियामार्फत अध्ययन निरन्तरता सम्बन्धी फागुन १६ गते छलफल गर्न लागेको हो । 

    images
    images

    यसअघि पूर्वाञ्चल विश्वविद्यालयले समेत विदेशमा अध्ययन पुरा गर्न नसकेका विद्यार्थीहरूलाई क्रेडिट ट्रान्सफर गर्न दिने निर्णय गरेको थियो । भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा भएको दमनपछि नेपाली विद्यार्थीहरू नेपाल फर्किरहेका छन् । 

    उनीहरूले तत्काल सोही विश्वविद्यालयमा गएर पढ्न सकिने वातावरण नभएको बताउँदै आएका छन् । विद्यार्थीहरूको उक्त समस्यालाई मध्यनजर गर्दै नेपाली विश्वविद्यालयहरूले क्रेडिट ट्रान्सफरको सुविधा दिन लागेका हुन् ।  8a14e350-c812-499f-9e1a-0276964a0f32

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend