images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • इम्बार्क कलेज द्वारा आई–पेस छात्रवृत्ति २०२५...

इम्बार्क कलेज द्वारा आई–पेस छात्रवृत्ति २०२५ घोषणा

इम्बार्क कलेज द्वारा आई–पेस छात्रवृत्ति २०२५ घोषणा

images
images
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • काठमाडौंः शैक्षिक उत्कृष्टता र सम्भावनाका आधारमा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मानित गर्दै इम्बार्क कलेजले आई–पेस छात्रवृत्ति २०२५ का विजेताहरूको घोषणा गरेको छ । इम्बार्क कलेज छात्रवृत्ति सम्बन्धी कार्यविधि २०८१ तथा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा संचालन गर्ने सम्बन्धी निर्देशिका २०५९ अनुरूपको प्रक्रियाबाट योग्य यो छात्रवृति घोषणा गरिएको कलेजले बताएको छ । यस छात्रवृत्तिले ब्याचलर अफ साइन्स इन बिजनेस म्यानेजमेन्ट (BSc. BM) तथा मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन (MBA) अध्ययन गर्नेविद्यार्थीहरूलाई १००% निशुल्क अध्ययनको अवसर प्रदान गर्ने कलेजका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत आशिष ठाकुरले बताए।

    images
    images

    सन् २०२५ जनवरी सत्रका लागिब्याचलर अफ साइन्स इन बिजनेस म्यानेजमेन्टमा प्रकृतिअयर र मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशनमा आकृति बस्नेत र विजया सेढाईंलाई एक कार्यक्रमका विच छात्रवृति प्रदान गरिएको छ ।

    इम्बार्क कलेजले उत्कृष्ट विद्यार्थी पहिचान गर्नका लागि समावेशिता, प्रदर्शन, शैक्षिक उपलब्धि, प्रतिबद्धता, र संलग्नता गरी पाँच प्रमुख पक्षमा विकसित गरेको एक मूल्यांकन मोडेलले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सहज पहुँच प्रदान गर्ने विश्वास कलेजले लिएको छ । इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सीईओ आशिष ठाकुरका अनुसार, “यी विद्यार्थीहरूले इम्बार्क कलेजले प्रवर्द्धन गर्ने मूल्य र उत्कृष्टताको स्तरलाई प्रतिनिधित्व गर्छन्। उनीहरूको उपलब्धिले व्यक्तिगत प्रतिबद्धतालाई मात्र होइन, अन्य विद्यार्थीहरूलाई पनिउच्च लक्ष्य राख्न प्रेरित गर्दछ।”

    images
    images

    कलेजले युनिभर्सिटी अफ रोहेम्प्टन, बेलायत सँगको सहकार्य मार्फत विद्यार्थीहरूलाई उच्च शिक्षा प्रदान गर्दै भावी व्यवसायिक नेताहरूलाई समाज र व्यावसायिक क्षेत्रको समृद्धिमा योगदान पुर्याउने लक्ष्य राखेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend