images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • जीवन बीमा कम्पनीहरुको नयाँ बोनस दर...

जीवन बीमा कम्पनीहरुको नयाँ बोनस दर सार्वजनिक, कुन बीमा कम्पनीको कति ?

जीवन बीमा कम्पनीहरुको नयाँ बोनस दर सार्वजनिक, कुन बीमा कम्पनीको कति ?

images
images
मंगलवार, बैशाख २ २०८२
मंगलवार, बैशाख २ २०८२
  • काठमाडौं । जीवन बीमा कम्पनीहरुले नयाँ बोनस दर सार्वजनिक गरेको छ । १० वटा कम्पनीहरुले बोनस दर  सार्वजनिक गरेको छ ।

    images
    images

     २०८०/८१ को आर्थिक स्थितिको मूल्यांकन सहति बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीहरुले बोनसदर सार्वजनिक गरेको हो । हाल १४ वटा ठुला जीवन बीमा कम्पनीहरु  रहेको छन् भने तीमध्ये ४ वटाको बोनस दर सार्वजनिक हुन् बाँकी छ । पोलिसी ल्याप्स, मुनाफा, बीमालेखको संख्या, सम्भावित जोखीम लगायतको आधारमा कम्पनीहरूले बीमांकीय मूल्यांकन मार्फत प्रत्येक वर्ष बोनसदर निर्धारण गर्नु पर्द र बोनसदर प्रतिहजारमा गणना हुन्छ ।

    अहिलेसम्म  नेशनल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, सानिमा रिलायन्स, रिलायवल नेपाल, नेपाल लाइफ, सूर्यज्योति लाइफ, सिटिजन, प्रभू महालक्ष्मी, मेट लाइफ र आइएमई लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेका छ । कम्पनीहरुले न्युनतम २० रुपैयाँदेखि ९० रुपैयाँसम्म बोनस दर निर्धारण गरेका छ।

    images
    images

    सूर्यज्योति लाइफले पनि विभिन्न बीमालेखमा न्युनतम २० रुपैयाँदेखि ९० रुपैयाँसम्म बोनस तोकेको छ भने कम्पनीले सावधिक बीमा योजनामा न्युनतम ४० रुपैयाँदेखि ७५ रुपैयाँ, सावधिक तथा आजीवन पनि न्यूनतम ४० रुपैयाँ ७० रुपैयाँसम्म, अग्रिम भुक्तानी सावधिक बीमा योजनामा ४२ रुपैयाँदेखि ६० रुपैयाँ, चौरासी पुजा अग्रिम भुक्तानी नियमित र एकल तर्फ ४५ देखि ९० रुपैयाँसम्म र इजि पपे अग्रिम भुक्तानीमा भने २० देखि ३० रुपैयाँसम्म बोनस सार्वजनिक गरेको छ  ।
     
    नेपाल लाइफले विभिन्न योजनामा न्युनतम ५५ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दर कायम गरेको छ । सावधिक जीवन बीमालेखमा अवधि अनुसार ६० रुपैयाँदेखि ८२ रुपैयाँसम्म, सावधिक जीवन बीमालेख (जीवन समुन्नत) मा ५६ देखि ६० रुपैयाँसम्म, सावधिक जीवन बीमालेखमा ६५ रुपैयाँदेखि ८२ रुपैयाँसम्म, सुनौलो भविष्य जीवन बीमा योजना अन्तर्गत ६० देखि ६५ रुपैयाँ, सावधिक तथा आजीवन बीमालेख र अग्रिम भुक्तानी सावधिक बीमालेखमा ५६ रुपैयाँ, र अन्य (जीवन सारथी) ६२ रुपैयाँदेखि ८५ रुपैयाँसम्म बोनस सार्वजनिक गरेको छ ।

    आइएमई लाइफले बीमा योजनामा न्युनतम २२ रुपैयाँदेखि ८० रुपैयाँसम्म दिने भएको छ । सावधिक, समित अवधि भुक्तानी सावधिक तथा बाल सावधिक बीमा योजनामा न्युनतम ३२ रुपैयाँदेखि ७० रुपैयाँ, सावधिक तथा आजीवन तर्फ न्युनतम ३२ रुपैयाँदेखि ८० रुपैयाँ सामूहिक सावधिक अन्तर्गत पनि न्युनतम ३२ रुपैयाँदेखि ७५ रुपैयाँ, अग्रिम भुक्तानी तथा आजीवन कल्पधन मा न्युनतम ३२ रुपैयाँदेखि ५० रुपैयाँ, बाल अग्रिम भुक्तानी सावधिक मा न्युनतम ३७ रुपैयाँदेखि ५० रुपैयाँ, अग्रिम भुक्तानी सावधिकमा ३० रुपैयाँदेखि ६३ रुपैयाँ, वार्षिक बाल अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखन्युनतम ३० रुपैयाँदेखि ६० रुपैयाँ र सोही बीमालेखको धन सरितामा भने २२ रुपैयाँ बोनस सार्वजनिक गरेको छ । 

    नेशनल लाइफले बीमा योजनामा न्युनतम ६३ रुपैयाँदेखि ८५ रुपैयाँसम्म बोनस दर कायम गरेको छ । सावधिक जीवन बीमालेख अन्तर्गत न्युनतम ६४ रुपैयाँदेखि ७० रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ६३ देखि ६४ रुपैयाँ र सावधिक तथा आजीवन बीमालेखमा ६४ देखि ८५ रुपैयाँ बोनस सार्वजनिक गरेको छ । 

    सानिमा रिलायन्सले पनि न्युनतम १९ देखि ७५ रुपैयाँसम्म बोनस दर कायम गरेको छ। सावधिक जीवन बीमा योजना (एकल) मा पनि ३५ देखि ६५ रुपैयाँ,  दम्पती सावधिक बीमा योजनामा पनि २० देखि ३० रुपैयाँ, सावधिक तथा आजीवनमा ३५ देखि ७० रुपैयाँ, अग्रिम भुक्तानी योजनामा ३२ देखि ४२ रुपैयाँ, वार्षिक अग्रिम भुक्तानी योजनामा १९ देखि २१ रुपैयाँ र त्रिपल सावधिक बीमामा २० देखि ३० रुपैयाँ बोनस सार्वजनिक गरेको छ । 

    रिलायवल नेपाल लाइफले पनि विभिन्न बीमालेखमा न्युनतम २० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ । सावधिक तथा आजीवन बीमा योजनामा ३० देखि ५० रुपैयाँ, रिलायवल अग्रिम भुक्तानी सावधिक योजनामा ५० र ५५ रुपैयाँ, रिलायवल समुन्नती जीवन बीमा योजनामा २० देखि २३ रुपैयाँ र रिलायवल उच्च शिक्षा योजना ९बालबच्चाको सावधिक बीमालेख० ६० देखि ६५ रुपैयाँ, सहिजो जीवन बीमा ९एकल तथा सिमित अवधि भुक्तानी० मा ३५ र २५ रुपैयाँ, लुघ सावधिक बीमालेख ९बीमा समिति० र रिलायवल लघु सावधिक बीमालेखमा ३१ देखि ३५ रुपैयाँ, सावधिक जीवन बीमालेखमा ५० देखि ७५ रुपैयाँ र सुलभ जीवन र सुलभ बाल जीवन बीमालेख प्लस योजनामा २५ देखि ४१ रुपैयाँ बोनस सार्वजनिक गरेको छ । 

    एलआइसी नेपालले न्युनतम ४१ देखि ६५ रुपैयाँसम्म बोनस  सार्वजनिक गरेको छ । सावधिक बीमा योजना अन्तर्गत न्युनतम ५१ देखि ६५ रुपैयाँ, जीवन विद्या, जीवन साथी र जीवन श्री बीमा योजना अन्तर्गत क्रमशः ५१, ५२ र ५३ रुपैयाँ, जीवन आनन्द अन्तर्गत ५० देखि ६० रुपैयाँ, बाल सावधिकमा ५१ देखि ६४ रुपैयाँ, धन वृष्टिमा ५५ देखि ५७ रुपैयाँ धन फिर्तामा ५६ देखि ६० रुपैयाँ, बाल ममता र बाल स्नेहमा ५५ देखि ५७ रुपैयाँ, जीवन तरंग र न्यू जीवन तरंगमा ५० देखि ५५ रुपैयाँ बोनस सार्वजनिक गरेको छ । 

    मेट लाइफ इन्स्योरेन्सले बीमालेखमा न्युनतम ४५देखि ७५ रुपैयाँसम्म बोनस  सार्वजनिक गरेको छ । सावधिक जीवन बीमा ९इन्डोमेन्ट प्लान० मा ५५ देखि ७५ रुपैयाँ,अग्रिम भुक्तानी योजना (थ्री पेमेन्ट प्लान) मा ४५ देखि ६५ रुपैयाँ, अग्रिम भुक्तानी योजना ९मिडटर्म ग्रोथ प्लान० मा ४५ देखि ५५ रुपैयाँ, शिक्षा संरक्षण बीमा (एजुकेसन प्रोटेसन प्लान) मा १ देखि १५ वर्ष अवधिसम्मका लागि ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि ६५ रुपैयाँ र २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रति हजार ७५ रुपैयाँ बोनस सार्वजनिक गरेको छ । 

    प्रभू महालक्ष्मी लाइफले २३ देखि ७३ रुपैयाँसम्म बोनस सार्वजनिक गरेको छ । सावधिक तथा आजीवनमा ३८ देखि ७३ रुपैयाँ, अग्रिम भुक्तानी सावधिकमा ३५ देखि ५१ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक २३ देखि २७ रुपैयाँ, सावधिक बीमा योजनामा न्युनतम ३३ देखि ७० रुपैयाँ, वार्षिक धनफिर्ता बीमामा ३५ रुपैयाँ, जनधान्य बीमा ४५ रुपैयाँ, महालक्ष्मी सावधिक जीवन बीमामा ४६ देखि ५२ रुपैयाँ, महालक्ष्मी सरल जीवन बीमामा ५२ देखि ५५ रुपैयाँ र महालक्ष्मी सावधिक आजीवन बीमामा ३८ रुपैयाँ बोनससार्वजनिक गरेको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend