images

२०८३ आश्विन २ गते

images
images
images
  • अर्थतन्त्र
  • घरजग्गा कारोबारसँगै बढ्यो राजस्व, कुन महिनामा...

घरजग्गा कारोबारसँगै बढ्यो राजस्व, कुन महिनामा कति ?

घरजग्गा कारोबारसँगै बढ्यो राजस्व, कुन महिनामा कति ?

images
images
बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनामा घरजग्गा कारोबारबाट ३३ अर्ब रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आवको ९ महिना (साउन–चैत)सम्ममा २२ करोड ४८ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो ।चालु आवको ९ महिनामा कुल ८ लाख ६९ हजार ४ सय ४० पटक कित्ताकाट भएको छ भने ३ लाख ७४ हजार १७१ कारोबार भएको छ ।  

    images
    images

    कुन महिनामा कति उठ्यो राजस्व ? 

    चैत महिनामा मात्रै घरजग्गा कारोबारबाट ४ अर्ब ३९ करोड ४६ लाख ८६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो चालु आवका अन्य महिनाको तुलनामा सबैभन्दा बढी हो । विभागका अनुसार चैतमा राजस्वसँगै घरजग्गाको कारोबार र कित्ताकाट पनि बृद्धि भएको छ । चैतमा कुल १ लाख २२ हजार ६ सय ५८ पटक कित्ताकाट भएको छ । सबैभन्दा कम कित्ताकाट भदौमा ६१ हजार ३ सय ३२ पटक भएको थियो । 

    images
    images

    चैतमा देशभरका मालपोत कार्यलयहरूबाट ४९ हजार ८३२ लिखत पास भएको छ भने १ लाख ४७ हजार ४ सय १६ वटा कारोबार भएको विभागको तथ्याङ्क छ ।यसअघि पुसमा चालु आवको सबैभन्दा धेरै घरजग्गा किनबेच भएको थियो । पुसमा ४८ हजार १५६ लिखत पारित हुँदा ४ अर्ब २५ करोड २२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो । फागुनमा भने ४६ हजार ६१ लिखत पारित भएको थियो भने ४ अर्ब १२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । 

    यस्तै, साउनमा ४३ हजार ८३५ लिखत पास हुँदा ३ अर्ब ८३ करोड राजस्व सङ्कलन भएको थियो भने भदौमा ३२ हजार ७९८ लिखत पास हुँदा ३ अर्ब ९ करोड राजस्व उठेको थियो । असोजमा ३० हजार ५२७ लिखत पास हुँदा ३ अर्ब ८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।मङ्सिरमा ३ अर्ब ८७ करोड र माघमा ३ अर्ब ८७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । यस्तै, मंसिरमा ४३ हजार ३७९ लिखत पास भएको थियो भने माघमा ४६ हजार ६९ लिखत पास भएको थियो । 

    घरजग्गाको कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुुँजीगत दस्तुुर, अतिरिक्त शुल्क, डोर सुविधा, पुँजीगत लाभकर, विलम्ब शुल्क, नगर पूर्वाधार विकास शुल्क, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्क, नारायणी तथा राप्ती सभ्यतालगायत शीर्षकमा राजस्व सङ्कलन हुने गरेको छ । पुँजीगत लाभकरबापत उठ्ने राजस्व मात्रै संघ सरकारको खातामा जाने विभागले जनाएको छ । गत आर्थिक वर्षको चैतसम्म अवधिमा ३ लाख ८० हजार १७५ लिखत पारित हुँदा २९ अर्ब १९ करोड ३५ लाख राजस्व सङ्कलन भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७९/८० को चैतसम्म ३ लाख २१ हजार ३ सय ७ वटा लिखत पारित हुँदा ३० अर्ब २ करोड २५ लाख राजस्व सङ्कलन भएको थियो ।

    कारोबारमा पूर्वी तराई र राजस्वमा काठमाडौँ उपत्यका अगाडि 

    तथ्याङ्क अनुसार राजस्व सङ्कलनका हिसाबले काठमाडौँ उपत्यका अगाडि भए पनि घरजग्गाको कारोबार पूर्वी तराईका जिल्लाहरूमा बढ्दै गएको देखिन्छ । विभागको तथ्याङ्क अनुसार लगनखेल मालपोतले सर्वाधिक बढी ३७ करोढ ८९ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ भने कलंकी मालेपोतले ३३ करोड ४५ लाख उठाएको छ । त्यस्तै, डिल्लीबजारबाट ३१ करोड ५६ लाख रुपैयाँ, चावहिलबाट २९ करोड ८९ लाख रुपैयाँ र भक्तपुरबाट २७ करोड २५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।यसैगरी, कास्की जिल्ला मालपोतबाट २३ करोड ८२ लाख, चितवनबाट १३ करोड ६७ लाख, धनगढीबाट ११ करोड ३८ लाख, इनरुवा, काभ्रे र साँखु मालपोतबाट १० करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

    सुनसरीको इनरुवा मालपोत कार्यलयबाट सर्वाधिक बढी १ हजार ८९६ लिखत पारित भएको छ भने झापाको भद्रपुरबाट १ हजार ८०४, बेलबारी मालपोतबाट १ हजार ७१४, जनकपुरधामबाट १ हजार ५३८ र सप्तरीको राजविरात मालपोतबाट १ हजार ४०९ लिखत पारित भएको छ । त्यस्तै, सर्लाहीको मलंगवा मालपोतबाट १ हजार २४७ र सिराहा मालपोत कार्यालयबाट १ हजार १६१, कैलालीको धनगढी मालपोत कार्यालयबाट १ हजार ८५, भक्तपुरबाट १ हजार ६१ र मोरङको विराटनगर मालपोतबाट १ हजार २३ लिखत पारित भएको विभागको तथ्याङ्क छ । 

    घरजग्गा खरिद-बिक्रीका लागि बैंकले एकल विन्दु ब्याजदरमा कर्जा दिन थालेसँगै कारोबारमा सुधारको सङ्केत देखिएको व्यवसायी बताउँछन् । नेपाल राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात ६० प्रतिशत कायम गरेको छ । त्यसभन्दा माथिको हकमा भने ७० प्रतिशत रहेको छ । दुबै कर्जालाई ८० प्रतिशत पुर्‍याउनुपर्ने व्यवसायीहरूको माग छ  । राष्ट्र बैंकले पहिलो घर बनाउन चाहनेले अधिकतम २ करोड रुपैयाँसम्म कर्जा पाउने व्यवस्था गरेको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend