images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • हिमालयन लाइफको नयाँ बोनसदर सार्वजनिक, कुनमा...

हिमालयन लाइफको नयाँ बोनसदर सार्वजनिक, कुनमा कति ?

हिमालयन लाइफको नयाँ बोनसदर सार्वजनिक, कुनमा कति ?

images
images
सोमवार, बैशाख २२ २०८२
सोमवार, बैशाख २२ २०८२
  • काठमाडौं।  हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०र८१ का लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीको गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो।कम्पनीले न्यूनतम प्रतिहजार १८ रुपैयाँदेखि अधिकतम ८६ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ।

    images
    images

    नयाँ बोनसदर अनुसार सावधिक बीमालेखमा बीमा अवधिअनुसार २६ रुपैयाँदेखिस ६३ रुपैयाँसम्म, सावधिक तथा आजीवन बीमा योजनामा ३६ रुपैयाँदेखि ७५ रुपैयाँसम्म प्रतिहजारका दरले बोनस दिने भएको छ। त्यस्तै अग्रिम भुक्तानी सावधिकमा ५६ रुपैयाँदेखि ८६ रुपैयाँसम्म, जीवन उपहार (अग्रिम भुक्तानी सावधिक) मा ४८ रुपैयाँ, जीवन उपहार (सावधिक) मा ३१ रुपैयाँ र सावधिकमा ३८ रुपैयाँदेखि ७६ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

    यस्तै सावधिक तथा आजीवन बीमा योजनामा (१३) मा ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म, अग्रिम भुक्तानी सावधिक (१०, १२ र १५) मा ३४ देखि ४६ रुपैयाँसम्म, वार्षिक नगद फिर्ता (२३ र २५) मा ३२ देखि ४१ रुपैयाँसम्म र सुरक्षित भविष्य जीवन बीमा योजना (२८) मा न्यूनतम १८ रुपैयाँदेखि ३५ रुपैयाँसम्म बोनसदर दिने भएको छ। 

    images
    images

    कम्पनीले अर्को बोनसदर निर्धारण नगरेसम्म र मृत्यु, पूर्ण वा आंशिक अवधि, समर्पण मूल्य, चुक्ता मूल्य दाबी भुक्तानी र चालू बीमालेखमा समेत यही बोनसदर लागू हुनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend