images

२०८३ आश्विन २ गते

images
images
images

एशियन लाइफ इन्स्योरेन्सद्वारा नयाँ बोनसदर घोषणा

एशियन लाइफ इन्स्योरेन्सद्वारा नयाँ बोनसदर घोषणा

images
images
आइतवार, जेठ ४ २०८२
आइतवार, जेठ ४ २०८२
  • काठमाडौं। एशियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर घोषणा गरेको छ। मुनाफामा सरिक हुने गरी जारी गरिएका बीमालेखको हकमा इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ को आर्थिक स्थितिको लेखाजोखाका आधारमा नयाँ स्वीकृत बोनसदर घोषणा गरेको हो।

    images
    images

    कम्पनीका अनुसार सावधिक तथा आजीवन बीमालेखको बीमालेखधारकले प्रतिहजार बीमांकमा ६१ देखि ७५ रुपैयाँसम्म बोनस प्राप्त गर्नेछन्। बीमितले आफू जीवित रहँदा पनि र बीमितको निधनपछि पनि बीमांकबराबरको रकम भुक्तानी दिइने (दुई पटक भुक्तानी हुने) यो बीमालेखमा एशियन लाइफको बीमितले सबैभन्दा बढी बोनश रकम प्राप्त गर्दै आएका छन्।

    यसैगरी सावधिक प्रकृतिको बीमालेखमा ४५ देखि ६२ रुपैयाँ बोनसदर तय गरिएको छ। बालबालिकाको सावधिक जीवन बीमालेखको हकमा दुई खाले बोनसदर घोषणा गरेको छ। हाल प्रचलनमा नरहेको बाल उच्च शिक्षा बीमालेखका लागि ४२ देखि ५० रुपैयाँ र बालबालिकासम्बन्धी अन्य पुराना र नयाँ बीमालेखको हकमा ४२ देखि ५२ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend