images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • नेशनल लाइफले लाभांश पारित गर्न बोलायो...

नेशनल लाइफले लाभांश पारित गर्न बोलायो साधारण सभा

नेशनल लाइफले लाभांश पारित गर्न बोलायो साधारण सभा

images
images
बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं ।नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आउँदो असार ५ गते बिहान १०:३० बजे लाजिम्पाटस्थित आफ्नै केन्द्रीय कार्यालयमा ३७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ।सभामा कम्पनीले हालको चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रुपैयाँमा आधारित रही १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, बोनस सेयरमा लाग्ने कर तिर्न ०.७८९४७३ प्रतिशत नगद लाभांशसमेत समायोजन गरिनेछ।

    images
    images

    सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नेछ। साथै, चालू आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अघि सारिनेछ। यसबाहेक, कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने, अघिल्लो आर्थिक वर्षमा गरिएको खर्च अनुमोदन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्तावहरू पनि सभामा पेश हुनेछन्।

    साधारण सभाले संस्थापक समूह ‘क वर्ग’ बाट ३ जना र सर्वसाधारण लगानीकर्ता ‘ख वर्ग’ बाट २ जना सञ्चालकको निर्वाचन समेत गर्नेछ। सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, जेठ २१ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend