images

२०८३ आश्विन २ गते

images
images
images
  • कृषि
  • असार १५ गते २२औँ राष्ट्रिय धान...

असार १५ गते २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गर्ने

असार १५ गते २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गर्ने

images
images
शुक्रवार, आषाढ १३ २०८२
शुक्रवार, आषाढ १३ २०८२
  • काठमाडौंः कृषि विभागले यही  गते २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने तयारी गरेको हो । विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।

    images
    images

    munglin to pokhara road.png

    यहाँ आज आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक सञ्जेलले दिवसको प्रचारप्रसार तथा जनचेतना अभिवृद्धि गरिने बताउँदै धानसम्बन्धी प्रदर्शनी, जानकारीमूलक कार्यक्रम, पोस्टर, सन्देश लगायतका सामग्री प्रकाशित र प्रसारण गरिने जानकारी दिए ।

    images
    images

    प्रत्येक वर्ष असार १५ गते विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउने गरेको विभागले ‘धान बालीमा सघनताटः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारा तय गरेको छ ।

    महानिर्देशक सञ्जेलले धान बालीको उत्पादनमा सुधार ल्याइ खाद्य सुरक्षामा योगदान पुर्‍याउनुपर्नेमा जोड दिँदै धान उत्पादनमा वैज्ञानिक विधिको प्रयोग, जलवायु अनुकूल प्रजातिको प्रवर्द्धन गर्नुपर्ने बताए ।

    विभागले कृषकको जीवनस्तर उकास्न नीति निर्माण देखि व्यावहारिक कार्यान्वयन सम्म सबै तहमा संवेदनशील हुनुपर्नेमा जोड दिँदै कृषकलाई धान उत्पादन एवं उत्पादकत्व बढाउन तथा खाद्य सुरक्षामा किसानलाई जागरूक बनाउने जनाएको छ । दिवसमा राष्ट्रिय तथा स्थानीय तहका नीति निर्माता, कृषि समुदाय, कृषक समूह र सहकारी, कृषि बाली सम्बन्धी संस्था, सञ्चार माध्यमलगायत सहभागिता रहनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend