काठमाडौँ । सौर्य कृषि कम्पनी लिमिटेडले वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको दोस्रो साधारणसभा बुधबार सम्पन्न भएको हो । दोस्रो साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गरेको छ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा नोक्सान हिसाब पनि स्वीकृत गरेको छ । त्यस्तै कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गरेको छ ।
त्यस्तै कम्पनीले विशेष प्रस्तावका रुपमा कम्पनीको सेयरमा सर्वसाधारणको लागि निष्काशन गर्ने, संचालकहरुको बैठक भत्ता, भ्रमण खर्च तथा अन्य पारिश्रमिक निर्धारण सम्बन्धमा र संचालक समितिका सदस्यहरुको मनोनयन सम्बन्धी प्रस्तावहरु पारित गरेको छ ।




.gif)



