images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • धितोपत्र बोर्डले कटौती गर्‍यो शेयर दरखास्तको...

धितोपत्र बोर्डले कटौती गर्‍यो शेयर दरखास्तको अवधि

धितोपत्र बोर्डले कटौती गर्‍यो शेयर दरखास्तको अवधि

images
images
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • काठमाडौं । नेपाल धितोपत्र बोर्डले विदेशमा रहेका नेपाली नागरिकलाई शेयरका लागि दरखास्त दिन खुला रहने अवधिलाई घटाएको छ । बोर्डले शेयरका लागि दरखास्त दिन खुला रहने हालको १५ दिनको अवधिलाई परिमार्जन गरि न्युनतम ४ कार्यदिन कायम गरेको हो । 

    images
    images

    उक्त अवधिभित्र निष्काशन गरिएको सबै धितोपत्र बिक्री नभएमा उक्त समयावधि खुल्ला भएको मितिले १५ दिनसम्म कायम रहने व्यवस्था गरिएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकाको नवौं संशोधनबाट उक्त व्यवस्था कायम गरिएको हो ।धितोपत्र बोर्डले उक्त व्यवस्था २०८२ साल साउन १ गतेबाट लागू हुने निर्णय गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई अविमोच्य असंचिति अग्राधिकार शेयर निष्काशन गर्ने व्यवस्था पनि गरिएको छ ।   

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend