images

२०८३ आश्विन १ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार...

सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार ५ अर्ब माथि

सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार ५ अर्ब माथि

images
images
बिहिवार, आश्विन १ २०८३
बिहिवार, आश्विन १ २०८३
  • काठमाडौँ ।  बिहीबार सेयर बजारमा दोहोरो सुधार देखिएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से परिसूचक आज भने करिब १२ अंकले बढेको हो । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ११.९३ अंकले बढेर २६२४.३६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १७७ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ८५ कम्पनीको सेयर मूल्य घटेको छ । आज १६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

    images
    images

    त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.०७ अंकले बढेर ४६५.७५ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य बढेको छ भने २ वटाको घटेको छ । परिसूचक बढेको दिन बजारमा करिब साढे ५ अर्बको कारोबार भएको छ ।आज ३३९ कम्पनीका १ करोड ३६ लाख १० हजार ४९६ कित्ता सेयर ५१ हजार ७२८ पटक खरिद बिक्री हुँदा ५ अर्ब ४९ करोड ९३ लाख १६ हजार ६४३ रुपैयाँको कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend