images

२०८३ आश्विन १ गते

images
images
images
  • शेयर
  • एभरेष्ट बैंकको सेयरमूल्य समायोजन, नयाँ मूल्य...

एभरेष्ट बैंकको सेयरमूल्य समायोजन, नयाँ मूल्य कति ?

एभरेष्ट बैंकको सेयरमूल्य समायोजन, नयाँ मूल्य कति ?

images
images
बिहिवार, आश्विन १ २०८३
बिहिवार, आश्विन १ २०८३
  • काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।नेप्सेले बैंकको ५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको सेयरमूल्य ६९२ रुपैयाँ ८६ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा बैंकको सेयर प्रतिकित्ता ७२७ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो ।

    images
    images

    समायोजित मूल्यका आधारमा आज (बिहीबार) दोस्रो बजारमा बैंकको सेयर कारोबार खुल्नेछ । बैंकले असोज १४ गते, बुधबार, आम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौँमा ३२ औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend