images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • डिशहोम ग्राहकलाई विभिन्न सेवामा छुट उपलब्ध...

डिशहोम ग्राहकलाई विभिन्न सेवामा छुट उपलब्ध गराउन भर्चुअल प्रिभिलेज कार्ड उपलब्ध गराउँदै

डिशहोम ग्राहकलाई विभिन्न सेवामा छुट उपलब्ध गराउन भर्चुअल प्रिभिलेज कार्ड उपलब्ध गराउँदै

images
images
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • काठमाडौँ । इन्टरनेट र टिभीमा ग्राहकलाई नयाँ अनुभव प्रदान गर्ने उद्देश्यका साथ डिशहोमले ‘माइ डिशहोम एप’ मार्फत भर्चुअल प्रिभिलेज कार्ड उपलब्ध गराउने भएको छ । यस्तो सुविधा नेपालको इन्टरनेट र टिभी क्षेत्रमा पहिलो पटक जारी गर्न लागिएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार डिशहोम ग्राहक प्रिभिलेज कार्ड सम्पूर्ण रूपमा भर्चुअल कार्ड हो, जुन एक्टिभ सदस्यता भएका ग्राहकहरूको माई डिशहोम एपमा स्वचालित रूपमा देखिनेछ । यस कार्डमार्फत ग्राहकले २५५ रुपैयाँसम्म छुट प्राप्त गर्नेछन् । उक्त छुट विभिन्न साझेदार सेवाहरूमा लागु हुनेछ ।

    images
    images

    यसका लागि कम्पनीले होटेल, क्याफे, रेस्टुरेन्ट, अस्पताल, शैक्षिक संस्था, स्किनकेयर तथा वेलनेस सेन्टर, फिटनेस क्लब, मोबाइल एक्सेसरिज लगायत विभिन्न क्षेत्रमा सहकार्य गर्दैछ । यो सहकार्यले ग्राहकको दैनिक जीवन थप सुविधाजनक बनाउनुको साथै आर्थिक छुट प्राप्त गर्न समेत सहयोग पुग्ने कम्पनीको विश्वास छ । 

    ‘‘डिशहोमले उत्कृष्ट डिजिटल मनोरञ्जन र इन्टरनेट सेवा मात्र होइन, ग्राहकको दैनिक जीवनशैलीमा पनि अर्थपूर्ण योगदान दिन चाहन्छ,’’ डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले भने, ‘यो भर्चुअल प्रिभिलेज कार्डमार्फत हामी आफ्ना ग्राहकलाई थप सुविधा सहितको डिजिटल जीवनशैली इकोसिस्टम तयार पार्दैछौँ ।’’सेवा सुरु भएपछि ग्राहकहरूले ‘माइ डिशहोम एप’ बाट डिजिटल कार्ड देखाएर सम्बन्धित आउटलेटहरूमा छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend