काठमाडौं महानगरपालिकाले करको दायरामा नआएका करदातालाई छुटसम्बन्धी व्यवस्था ल्याएको छ। महानगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को बजेटमा आगामी पुससम्म कर तिर्ने करदातालाई १० प्रतिशत छुट दिने व्यवस्था गरेको हो। बहाल करलाई एकद्वार प्रणालीमार्फत संकलन गर्न संघीय सरकारसँग समन्वयन गर्ने जनाइएको छ।
यसबाहेक करप्रति अपनत्व र विश्वास बढाउन केही करका शीर्षकमा सिफारिस दस्तुर निःशुल्क गरिएको उपमेयर सुनिता डंगोलले जनाएकी छिन्।
कर विश्लेषण र करको दायरा वृद्धि गर्न विज्ञसहितको सरोकारवाला निकायसँग सहकार्य गर्ने कार्यक्रमहरु प्रस्ताव गरिएको उनको भनाइ छ।




.gif)





