images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • लाभांश वितरण गर्न तीन बीमा कम्पनीको...

लाभांश वितरण गर्न तीन बीमा कम्पनीको साधारणसभा आज बस्दै

लाभांश वितरण गर्न तीन बीमा कम्पनीको साधारणसभा आज बस्दै

images
images
सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • आज असार ३० गते तीनवटा कम्पनीहरूको साधारणसभा बस्दैछ । लाइफ इन्स्योरेन्स कर्पोरेशन,एशियन लाइफ इन्स्योरेन्स कम्पनी,र यूनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा आज बस्न लागेको हो।सभामा लाभांश वितरणलगायतका प्रस्तावहरू पेश गरिनेछ।

    images
    images

    लाइफ इन्स्योरेन्स कर्पोरेशन

    लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको २३औं वार्षिक साधारणसभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११:४५ बजेबाट सुरु हुनेछ। उक्त सभामा कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।कम्पनीले असार १६ गते बुक क्लोज गरिसकेकोले असार १५ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

    images
    images

    एशियन लाइफ इन्स्योरेन्स

    एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १७ औं वार्षिक साधारणसभा काठमाडौंको बारास्थित होटल सिमरामा दिउँसो १ बजेबाट सुरु हुनेछ। सभामा कम्पनीले चुक्ता पूँजीको ५.१० प्रतिशत बोनस सेयर र ०.२६८४ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पेश गर्नेछ।यस कम्पनीले असार २० गते बुक क्लोज गरेकाले असार १९ गतेसम्म नेप्सेमा नाम रहेको सेयरधनीहरूले मात्रै सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

    यूनाइटेड अजोड इन्स्योरेन्स

    यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३१ औं वार्षिक साधारणसभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांकेट क्याटरिङ एण्ड इभेन्ट प्रा.लिमा बिहान १०:३० बजे सुरु हुनेछ। सभामा कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव प्रस्तुत गर्नेछ।कम्पनीले असार १९ गते बुक क्लोज गरिसकेकोले असार १८ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरूले मात्र लाभांशको हकदार हुनेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend