काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ फेरि उकालो लागेको छ । कच्चा तेलको भाउ बढेर ब्यारेलको ७२ डलरनजिक पुगेको छ । गए राति मुरबान क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ७१.६८ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ ।
यस्तै, ब्रेन्ट क्रुडमा ब्यारेलको ७०.४५ र डब्ल्यूटीआई क्रुडमा ६८.५० डलरमा कारोबार भएको छ । मध्यपूर्वमा बढ्दो तनावका बाबजुद पर्याप्त आपूर्ति र मागबारेमा अनिश्चितताबीच कच्चा तेलको मूल्य सन् २०२५ को बाँकी समय प्रतिब्यारेल ७० अमेरिकी डलरभन्दा कम रहने पूर्वानुमान गरिएकामा फेरि बढ्न थालेको हो ।तेल उत्पादक तथा निर्यातक मुलुकको संगठन (ओपेक प्लस)ले उल्लेखनीय उत्पादन वृद्धिको घोषणा गरेपछि पनि विश्लेषकलाई आश्चर्यचकित पार्दै कच्चा तेलको मूल्य बढेको छ । कच्चा तेल बजारहरू धेरैजसो विश्लेषकले अपेक्षा गरेभन्दा कडा भएको देखिएको छ ।
सन् २०२५ मा ब्रेन्टको औसत मूल्य प्रतिब्यारेल ६७.८६ हुने देखिएको छ । त्यो मे महिनामा अपेक्षित ६६.९८ प्रतिब्यारेलबाट बढेको छ । डब्ल्यूटीको औसत ६४.५१ हुने अपेक्षा गरिएको छ । त्यो मेमा प्रतिब्यारेल ६३.३५ बाट बढेको छ ।रुस–युक्रेन युद्ध सुरु भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर ब्यारेलको १४० डलरसम्म पुगेको थियो । बढ्दो तेलको भाउले विश्वबजारमा महँगी समेत बढाएको थियो । इरान र इजरायबीचको युद्धले कच्चा तेलको भाउ बढेर ब्यारेलको ८० डलर पुगेको थियो ।




.gif)





