काठमाडौं। काठमाडौं उपत्यकाको बजारमा आज विभिन्न तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्य फरक–फरक रहेको छ। उपलब्ध मूल्य विवरणअनुसार तरकारीतर्फ प्रतिकेजी १० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म मूल्य कायम छ।आज सबैभन्दा सस्तो स्कूस प्रतिकेजी १० देखि २० रुपैयाँमा बिक्री भइरहेको छ। चिचिण्डो २० देखि ३० रुपैयाँ, बन्दा, भन्टा लाम्चो र हरियो फर्सी डल्लो ३० देखि ४० रुपैयाँ तथा मूला रातो ४० देखि ५० रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको छ।आलु रातो ९भारतीय० प्रतिकेजी ४५ देखि ४८ रुपैयाँ, प्याज सुकेको ९भारतीय० ८८ देखि ९३ रुपैयाँ, गाजर स्थानीय १०० देखि १२० रुपैयाँ र काउली १०० देखि १२० रुपैयाँमा बिक्री भइरहेको छ।
सागपाततर्फ रायो साग प्रतिकेजी ८० देखि १३० रुपैयाँ, पालुङ्गो साग १५० देखि २०० रुपैयाँ, तोरीको साग ८० देखि १०० रुपैयाँ र हरियो धनिया ८० देखि १३० रुपैयाँमा कारोबार भइरहेको छ।च्याउतर्फ कन्य च्याउ प्रतिकेजी १८० देखि २२० रुपैयाँ, डल्ले च्याउ ४५० देखि ५०० रुपैयाँ, राजा च्याउ ३०० देखि ३३० रुपैयाँ तथा सिताके च्याउ ८०० देखि १ हजार रुपैयाँसम्म रहेको छ। पार्सले प्रतिकेजी २ हजार ४०० देखि २ हजार ६०० रुपैयाँसम्म रहेको छ।फलफूलतर्फ फुजी स्याउ प्रतिकेजी ३५० देखि ४०० रुपैयाँ, जुम्लाको स्याउ २५० देखि ३५० रुपैयाँ, मुस्ताङको स्याउ १३० देखि १६० रुपैयाँ, कागती ३५० देखि ४०० रुपैयाँ, अनार २५० देखि ३०० रुपैयाँ र किवी ३५० देखि ४०० रुपैयाँमा बिक्री भइरहेको छ।नेपाली केरा प्रतिदर्जन १५० देखि २०० रुपैयाँ र मालभोग केरा १०० देखि १५० रुपैयाँमा कारोबार भइरहेको छ। ड्रागन फ्रुट प्रतिकेजी ४०० देखि ५०० रुपैयाँ, एभोकाडो २५० देखि ३०० रुपैयाँ र अम्बा १५० देखि २०० रुपैयाँमा रहेको छ।
मसला तथा अन्य उपजतर्फ अदुवा प्रतिकेजी २०० देखि २३० रुपैयाँ, सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँ, हरियो अकबरे खुर्सानी १५० देखि २०० रुपैयाँ, चाइनिज सुकेको लसुन २२० देखि २६० रुपैयाँ र नेपाली सुकेको लसुन २०० देखि २३० रुपैयाँमा बिक्री भइरहेको छ।माछातर्फ सुकेको माछा प्रतिकेजी ८०० देखि १ हजार रुपैयाँ, ताजा रहु ३४० देखि ३७० रुपैयाँ, बचुवा ३०० देखि ३४० रुपैयाँ र छडी माछा ३२० देखि ३५० रुपैयाँसम्म रहेको छ।




.gif)





