images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • नेशनल लघुवित्त नागरिक लगानी कोषको उपदान...

नेशनल लघुवित्त नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा आबद्ध

नेशनल लघुवित्त नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा आबद्ध

images
images
मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड आबद्ध भएको छ । उक्त लघुवित्तमा कार्यरत करिब ६ सय जना कर्मचारी सो योजनामा आबद्ध हुने सम्बन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले हस्ताक्षर गरेका छन् । 

    images
    images

    कोषको यस योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारी सहभागी हुन सक्ने व्यवस्था रहेको छ । यसअन्तर्गत योगदानमा वा गैरयोगदानमा आधारित भएर संघ-संस्थाले उपदान कोष व्यवस्थापन गर्न सक्नेछन् । 

    सोही व्यवस्था अनुसार ‘घ’ वर्गको राष्ट्रिय स्तरको उक्त लघुवित्त कोषको उपदान योजनामा आबद्ध भएको हो । लघुवित्तले हाल देशभर १८५ शाखामार्फत् ७४ जिल्लामा २ लाख ४१ हजार घर परिवारमा लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend