images

२०८३ आश्विन २ गते

images
images
images
  • अर्थतन्त्र
  • बागमती प्रदेश सरकारले लक्ष्य अनुसार अनुमान...

बागमती प्रदेश सरकारले लक्ष्य अनुसार अनुमान गरेको राजस्व संकलनमा कमी

बागमती प्रदेश सरकारले लक्ष्य अनुसार अनुमान गरेको राजस्व संकलनमा कमी

images
images
शनिवार, श्रावण ३ २०८२
शनिवार, श्रावण ३ २०८२
  • काठमाडौैः बागमती प्रदेशमा आर्थिक वर्ष २०८१।८२ मा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व संकलन भएको छ ।

    images
    images

    बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८१।८२ मा विभिन्न शीर्षकमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत अर्थात् रु ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन भएको छ ।

    प्रदेश सरकारले आव २०८१।८२ मा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, प्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्व र सघिंय सरकारबाट प्राप्त अनुदान समेतबाट रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार राजस्व संकलन हुने अनुमान गरिएकोमा ती सबै शीर्षकबाट रु ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सन्ज्यालले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले सो आवमा राजस्व बाँडफाँटबाट रु २९ अर्ब ५५ करोड ८९ लाख राजस्व संकलन हुने लक्ष्य लिएकोमा त्यसको ८३ प्रतिशत अर्थात रु २४ अर्ब ५३ करोड ४० लाख ३० हजार राजस्व संकलन भएको छ ।

    images
    images

    यस्तै प्रदेश सरकारको आन्तरिक स्रोतबाट रु चार अर्ब ५३ करोड ८४ लाख ७९ हजार राजस्व संकलनको लक्ष्य रहेकोमा लक्ष्यको ८४ दशमलव ०८ प्रतिशतअर्थात् रु तीन अर्ब ८१ करोड ५८ लाख २१ हजार राजस्व संकलन भएको सूचना अधिकारी सन्ज्यालले बताए ।

    सङ्घीय सरकारबाट रु १५ अर्ब ५७ करोड ५६ लाख अनुदानप्राप्त हुने अनुमान गरिएकोमा त्यसको ७६ प्रतिशतअर्थात् रु ११ अर्ब ९६ करोड ८७ लाख ७३ हजार अनुदान प्राप्त भएको उनको भनाइ छ । गत आव २०८०।८१ मा बागमती प्रदेशमा रु ३९ अर्ब २२ करोड १२ लाख ४७ हजार राजस्व संकलन गरेको थियो ।

    आव २०८०।८१ मा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, प्र्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्व र सङ्घीय सरकारबाट प्राप्त अनुदान समेतबाट रु ४८ अर्ब २५ करोड ४३ लाख ७५ हजार राजस्व संकलन हुने अनुमान गरिएकोमा ती सबै शीर्षकबाट रु ३९ अर्ब २२ करोड १२ लाख ४७ हजार राजस्व संकलन भएको थियो ।

    यस्तै आव २०७९।८० मा पनि बागमती प्रदेश सरकारले अनुमान गरेको भन्दा १७ प्रतिशत कम राजस्व संकलन गरेको थियो । प्रदेश सरकारले आव २०७९।८० मा रु ५५ अर्ब ३१ करोड राजस्व संकलनको अनुमान गरेकोमा रु ४५ अर्ब ८८ करोड राजस्व संकलन गरेको थियो । सङ्घीय र स्थानीय तहबाट बाँडफाँट हुने मूल्य अभिवृद्धि कर, आय कर, प्राकृतिक स्रोत उत्खनन दस्तुर, मालपोत लगायतका राजस्व संकलन मा आएको कमी र आर्थिकमन्दीका कारण सङ्घीय सरकारले केही कार्यक्रम कटौती गर्नुजस्ता कारणले लक्ष्यअनुसार राजस्व संकलनमा कमी आएको प्रदेश कोष तथा लेखा निन्त्रणक कार्यालय हेटौँडा मकवानपुरका प्रमुख लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायले जानकारी दिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend