images

२०८३ आश्विन २ गते

images
images
images

भोलिबाट अण्डाको मूल्य बढ्ने,प्रतिक्रेट कति ?

भोलिबाट अण्डाको मूल्य बढ्ने,प्रतिक्रेट कति ?

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • बजारमा अण्डाको मूल्य बढ्ने भएको छ। मंगलबारबाट लागु हुने गरी अण्डाको मूल्य बढाउने निर्णय भएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए।‘हामीले आज बैठक बसेर भोलिबाट अण्डाको मूल्य बढाउने निर्णय गरेका छौं,’ उनले भने।

    images
    images

    अत्यधिक गर्मीका कारण अण्डाको उत्पादन घटेकाले मूल्य बढेको उनको भनाइ छ।‘माग बढी छ। उत्पादन छैन,’ उनले भने, ‘त्यसैले थोरै अवधिमै अण्डाको मूल्य बढेको हो।’  बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्। उनका अनुसार प्रतिक्रेट पन्ध्र रूपैयाँका दरले अण्डाको मूल्य बढाइएको छ। 

    मूल्य बढेसँगै अब मध्यम अण्डा प्रतिक्रेट चार सय ९५, ठूलो अण्डा पाँच सय १० र एक्स–एल पाँच सय ४० रूपैयाँ पर्ने भएको छ। यसअघि ठूलो अण्डा चार सय ८०, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा पाँच सय २५ रूपैयाँ थियो। यो किसानले पाउने मूल्य हो। किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढ्ने छ। उपभोक्ताले पाउने मूल्य भने नेपाल लेयर्स कुखुरापालक संघले तोक्दैन।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend