images

२०८३ आश्विन २ गते

images
images
images
  • विशेष
  • साउन १३ गते ३१ औँ कार्गो...

साउन १३ गते ३१ औँ कार्गो दिवस मनाइँदै

साउन १३ गते ३१ औँ कार्गो दिवस मनाइँदै

images
images
मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • काठमाडौं । यही साउन १३ गते ३१ औँ कार्गो दिवस मनाइने भएको छ । नेपाल फ्रेट फरवार्डरस एसोसिएसन (नेफा)ले मंगलबार पत्रकार सम्मेलन गर्दै काठमाडौंको हायात रिजेन्सी होटलमा कार्गो दिवस मनाउने लागेको जानकारी दिएको हो ।३१ औँ कार्गो दिवसको संयोजक समेत रहेका नेफाका वरिष्ठ उपाध्यक्ष नरेश कुमार अग्रवालका अनुसार संघबाट प्रत्येक वर्ष २९ जुलाईको दिनलाई कार्गो दिवसको रूपमा मनाउने गरेको छ । यसैलाई निरन्तरता दिँदै नेफाले नेपाल इन्टरमोडल यातायात विकास समितिको सहकार्य तथा विभिन्न एयरलाइन्स, व्यवसायीक संस्था तथा विभिन्न क्षेत्रको सहयोगमा यस वर्ष ३१औँ कार्गो दिवस विविध कार्यक्रम गर्दै मनाउन लागेको हो । उक्त कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी प्रमुख अतिथी रहने भएका छन् ।

    images
    images

    कार्गो दिवसको अवसरमा यस क्षेत्रको विभिन्न समस्या, चुनौतीहरू तथा यसमा रहेका सम्भावनाहरूको विषयमा छलफल हुँदै आएको छ । कार्गो दिवसले व्यापारिक छलफल मात्र नभई देशको समग्र आपूर्ति शृङ्खलालाई कसरी अझ प्रभावकारी र सुदृढ बनाउन सकिन्छ भन्ने बारेमा गहन विचार विमर्श गर्ने अवसर प्रदान गर्ने गरेको अग्रवालले जानकारी दिए ।यस वर्ष मनाइने ३१ औँ संस्करणले नेपालको समग्र ढुवानी क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्य राखेको छ । यस कार्यक्रममा नीति निर्माताहरूसँग संवाद, उद्योगका चुनौती र सम्भावनाहरूको पहिचान तथा आर्थिक प्राथमिकतासँग मेल खाने अन्तर्राष्ट्रिय व्यापार अभ्यासहरूबारे छलफल गरिने महासचिव हरि ढकालले बताए ।

    कार्यक्रममा सरकारका विभिन्न मन्त्रालय तथा विभाग/बोर्डका उच्च अधिकारीहरूको उपस्थितिका साथ फ्रेट फारवाडिङ्ग, लोजिस्टिक्स, गोदाम व्यवस्थापन, आपूर्ति शृङ्खला लगायतका क्षेत्रका उच्च पदस्थ निर्णयकर्ता, आयात/निर्यात व्यवसाय, उत्पादन उद्योग, व्यापारिक प्रतिष्ठान तथा वाणिज्य संघ/संस्थाका प्रतिनिधिहरू सहभागी रहेको छ ।कार्यक्रममा अन्र्तराष्ट्रियस्तरबाट समेत विमान सेवा, समुद्री ढुवानी, अन्तर्राष्ट्रिय व्यापार संस्थाहरूका प्रतिनिधिहरू तथा पर्यटन, बैंकिङ, बिमा र प्रविधि जस्ता सम्बन्धित क्षेत्रका सरोकारवालाहरूको उपस्थित रहने आयोजकले जनाएको छ ।

    images
    images

    यस दिवसको अवसरमा फ्रेट फरवाडिङ्ग उद्योगको विकास, प्रवर्द्धन, सहजीकरण तथा विस्तारमा योगदान पुर्‍याउने कार्गो व्यवसायी, सरकारी गैर सरकारी संघ/संस्था, एयरलाइन्स तथा व्यक्तित्वहरूलाई नेफा वार्षिक अर्वाडबाट सम्मानित गरिने भएको छ । यस दिन विभिन्न कार्यक्रमहरू आयोजना गरिने भएको छ । जसमा फ्रेट फरवाडिङ्ग उद्योगका चुनौती र अवसरहरूबारे छलफल, कार्यशाला, सम्मान कार्यक्रम र नेटवर्किङ अवसरहरू लगायत छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend